२०८२ असार २१ गते शनिवार / Jul 05 , 2025 , Saturday
२०८२ असार २१ गते शनिवार
Ads

गैंडाकोट नेपालकै उत्कृष्ट नगरपालिका घोषित

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ चैत ७ गते २१:३९
गैंडाकोट नेपालकै उत्कृष्ट नगरपालिका घोषित

अर्घाखाँची : पूर्वी नवलपरासीको गैंडाकोट उत्कृष्ट नगरपालिका घोषित भएको छ । नेपाल नगरपालिका संघको ३२ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा बिहीबार  आयोजित एक भव्य कार्यक्रममा गैंडाकोट नगरपालिकालाई सम्मान गरिएको हो । प्रधानमन्त्री केपी शर्मा (ओली)ले काठमाडौंको सोल्टी होटलमा आयोजित विशेष समारोहमा गैंडाकोट नगरपालिकालाई सम्मान पत्रले उत्कृष्ट नगरपालिकाको रुपमा सम्मान गर ।

गैंडाकोट नगरपालिका नगरप्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइराला र प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले संयुक्त रुपमा पुरस्कार ग्रहण गरेका नगरपालिकाले जनाएको छ । स्थानीय आर्थिक विकास र सुशासनको क्षेत्रमा प्रभावकारी रुपमा कार्यसम्पादन गरेको भन्दै गैंडाकोट नगरपालिकासहित ठाकुरद्धारा नगरपालिका बर्दिया, सिद्धार्थनगर नगरपालिका रुपन्देही, कलैया उपमहानगरपालिका बारा र मध्यपुर ठिमी नगरपालिका भक्तपुरलाई सम्मान गरिएको छ ।

गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले नगरपालिकाले पाएको अवार्ड सबै नगरवासीहरुको अवार्ड भएको बताए । स्थानीय सरकारले नागरिकको मर्मअनुसार काम गरेकोले आज नगरपालिका पुरस्कृत भएको भन्दै उनले खुसी व्यक्त गरे । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले नेपाल नगरपालिका संघले प्रदान गरेको उत्कृष्ट नगरपालिका पुरस्कारले आफुहरुमा उत्साह र चुनौती दुवै बढेको बताए  ।

‘हामिलाई यो अवार्डले उत्साहित त बनाएको छ नै आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्ने चुनौती समेत थपिएको छ,’ खनालले भने, ‘अब यस नगरपालिकालाई हामीले सुशासन, पारदर्शिता मुस्कानसहितको सेवा दिने नेपालको नमुना नगरपालिका बनाउँछौं ।’
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise