कपिलवस्तु : कपिलवस्तु प्रहरीले भन्सारबाट छुटाइएको मालवाहक ट्रक पक्राउ गरेको छ । जसमा घोषित परिमाण भन्दा बढी फलफूल रहेको पाइएको छ ।
कृष्णनगर भन्सार कार्यालयबाट काठमाडौं जाँदै गरेको युपी ३२ एन ००६९ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । विशेष सुराकीको आधारमा जाँच गर्दा प्रज्ञापन पत्रमा उल्लेखितभन्दा दुई क्वीन्टल बढी अंगुर भेटिएको थियो ।
प्रहरी प्रवक्ता डीएसपी मोहनमणी अधिकारीका अनुसार राजस्व छलीको सूचना पाएपछि गरिएको जाँचमा भन्सार तिरेको भन्दा २० कार्टुन बढी अंगुर फेला परेको हो । थप अनुसन्धानका लागि ट्रकलाई राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको छ ।
कृष्णनगर भन्सार कार्यालयका कर्मचारी तथा भन्सार एजेन्टको मिलेमतोमा वस्तुको वास्तविक परिमाणभन्दा कम भन्सार गराएको आशंका गरिएको छ ।