२०८१ चैत ९ गते शनिवार / Mar 22 , 2025 , Saturday
२०८१ चैत ९ गते शनिवार
Ads

अर्घाखाँचीमा कांग्रेसले ६१ वटै वडामा सम्मेलन गर्दै

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ चैत ८ गते २१:५९
अर्घाखाँचीमा कांग्रेसले ६१ वटै वडामा सम्मेलन गर्दै

सन्धिखर्क : नेपाली कांग्रेस अर्घाखाँचीको आयोजनामा जिल्लाका ६१ वटै वडामा शनिबार एकैदिन एकैसाथ ‘वडा सम्मेलन’ गर्ने भएको छ । 

अर्घाखाँची कांग्रेसको  रुपान्तरण अभियानलाई  सहयोग  पु¥याउने उद्देश्यले जिल्लाभर एकैसाथ वडा सम्मेलन कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको छ । सम्मेलनमा जिल्ला तहका नेता, जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, क्षेत्र र नगरका  नेताहरुलाई  प्रतिनिधिहरूको रुपमा खटिएका छन् भने जिल्ला प्रतिनिधिहरुको  उपस्थितिमा कांग्रेसले  वडा सम्मेलन सम्पन्न गर्ने गरी प्रतिनिधिहरु सबै वडामा  पुगेको कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिए ।

अब जनताले परिवर्तन चाहेकाले सोही बमोजिम कांग्रेसको संगठन पनि रूपान्तरणको मार्गमा लैजान यो अभियान सञ्चालन गरिएको सभापति श्रेष्ठले दाबी गरे । 

अर्घाखाँचीका ६ स्थानीय तहभित्र पर्ने सन्धिखर्क नगरपालिकाका १२ वडा, भूमिकास्थान नगरपालिकाका १० वडा, शितगंगा नगरपालिकाका १४ वडा, पाणिनी गाउँपालिकाका ८ वडा, छत्रदेव गाउँपालिकाका ८ वडा र मालारानी गाउँपालिकाका ९ वडा गरी अर्घाखाँचीका ६१ वडामा एकैसाथ कार्यक्रम शनिबार ११ बजे उद्घाटन गर्ने गरी प्रतिनिधि गाउँ पुगेका छन् ।

प्रतिनिधि गाउँपुगेपछि कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरु निकै उत्साहित देखिएको कांग्रेस युवानेता लेखनाथ पोख्रेलले बताए । 
 

ADV

सम्बन्धित खबर

Advertise