२०८१ चैत ९ गते शनिवार / Mar 22 , 2025 , Saturday
२०८१ चैत ९ गते शनिवार
Ads

संयुक्त इफ्तारी समारोह सम्पन्न

draupadi film
महमद सदाब
२०८१ चैत ८ गते २२:०८
संयुक्त इफ्तारी समारोह सम्पन्न

वीरगन्ज : वीरगन्ज महानगर पालिकाले आयोजना गरेको दावत ए इफ्तारी समारोह  सम्पन्न भएको छ । इस्लाम धर्मावलम्बीको पवित्र पर्व रमजानको रोजा बसेका रोजेदार  मुस्लिम धर्मावलम्बीहरुका लागि शुक्रबार साँझ वीरगन्ज  महानगरपालिकाले  संयुक्त इफ्तारी समारोह सम्पन्न गरेको हो । 

आदर्शनगरस्थित पुरानो बसपार्कमा आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाका ३२ वटै वडाका  ५ हजार भन्दा बढी मुस्लिम धर्मावलम्बीहरुको सहभागीता रहेको थियो ।

उक्त इफ्तारी समारोहमा सहभागी मुस्लिम धर्मावलम्बीहरुलाई महानगरपालिकाले विभिन्न परिकारका साथै जलपान ग्रहण पनि गराएको थियो ।

संयुक्त इफ्तारी समारोहमा आफै पुगेर मेयर सिंहले मुस्लिम धर्मावलम्बीहरुलाई रमजान पर्वको शुभकामना आदान प्रदान पनि गरेका थिए ।

मेयर सिंहले आपसी सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न आफु हिन्दु धर्मावलम्बी भएतापनि मुस्लिमहरुको मुख्य पर्व रमजानको उपलक्ष्यमा इफ्तार आयोजना गरिएको बताए । 

त्यसैगरी वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले धार्मिक सहिष्णुता कायम राख्न मुस्लिमहरुको मुख्य पर्व रमजानको उपलक्ष्यमा महानगरपालिकाले तीन वर्षदेखि निरन्तर रमजानमा संयुक्त इफ्तारी समारोह आयोजना गर्दै आएको बताए । 
 

ADV

सम्बन्धित खबर

Advertise