२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

वर्षाका कारण सामुदायिक विद्यालयको विजोग, कक्षा कोठामै बन्यो ताल

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार १८ गते २०:४३
वर्षाका कारण सामुदायिक विद्यालयको विजोग, कक्षा कोठामै बन्यो ताल

रौतहट : असारे झरी शुरु भएपछि रौतहटको एक सामुदायिक विद्यालयको हरिविजोग भएको छ । उक्त विद्यालयका साना विद्यार्थीहरुको अवस्था जोखिमपूर्ण बन्दै गएको छ ।

दुर्गा भगवती गाउँपालिकावडा नम्वर १ स्थित जनता प्राथमिक विद्यालय जुन सुगम स्थानमा रहेपनि असारे झरीमा विद्यालयमा अध्ययन एवं अध्यापन गराउने वातावरण नरहेपछि विद्यालयलाई बन्द गर्नुपर्ने अवस्था सृजना भएको छ ।  

विद्यालय हाताभरी वर्षाको पानी सरदर एकदेखि दुई फिटसम्म जमेको र कक्षा कोठामा समेत पानी छिरेपछि त्यहाँ बसेर अध्ययन एवं अध्यापन गराउने वातावरण नरहेपछि बाध्य भएर विद्यालय बन्द गर्नुपरेको प्रधानाध्यापक मुकेश चौधरीले बताए ।

उनले भने, ‘चारै तिरबाट अग्लो भएको छ, विद्यालय हाता एकदमै होचो हुँदै गएपछि सामान्य वर्षामा पनि पानी जम्ने गरेको छ ।’

कक्षा १ देखि ५ सम्म अध्ययन हुने उक्त विद्यालयमा करिव ३ सय ५० जना विद्यार्थीहरु अध्ययन गर्ने गरेको बताउँदै प्रअ चौधरीले पानी जमेपछि त्यसमा रहने किरा फट्याग्राहरुको डरका कारण विद्यालय बन्द गरिएको उनले बताए । विद्यालयमा रहेका समस्या सम्बन्धी पटक–पटक स्थानीय तहको शिक्षा शाखालाई जानकारी गराएपनि हालसम्म कुनै पहल नभएको उनले बताए । विद्यालय हाताबाट पानीको निकास नभएसम्म विद्यालयमा अध्ययन अध्यापन गराउन चाहेरपनि नससकिएको उनले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise