२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

बालेनको ‘तलब नपाए टुकुचामा गाड्छु’ भन्ने अभिव्यक्तिप्रति युवा संघको आपत्ति

Nada
२०८१ चैत १२ गते १८:३३
Shares
बालेनको ‘तलब नपाए टुकुचामा गाड्छु’ भन्ने अभिव्यक्तिप्रति युवा संघको आपत्ति

काठमाडौंः काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेनले सोमबार सामाजिक सञ्जालमा लेखेको स्टाटसप्रति नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको काठमाडौं महानगर कमिटीले आपत्ति जनाएको छ । मेयर बालेनले ‘महानगरका कर्मचारीले तलब नपाए टुकुचामा गाड्छु’ भन्ने स्टाटस मदिरा सेवन गरेर लेखेको आरोप लगाउँदै कमिटीले शाहलाई कारबाही गर्न माग गरेको हो । 

ncell

कमिटीका अध्यक्ष दिपेश सुधाकारले एक विज्ञप्ति जारी गर्दै बालेनले आफ्नो पदीय जिम्मेवारी भुलेर पब र कलबहरुमा रमाउँदै सस्तो लोकप्रियता र सामजिक संजालमा लाइक बटुल्नका लागि स्तरहीन अभिव्यक्ति दिएको आरोप लगाएको हो । 

‘देशमा विखण्डनकारी शक्ति र तानाशाही शासकहरूको अवशेष सल्बलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेका बेला आफ्नै कमजोरीका कारण प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न नसकी कर्मचारीहरुको तलब भत्ता रोकिएको विषयलाई लिएर काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहको मदिराको सनकमा अबको एक हप्तामा कर्मचारीले तलब नपाए ‘टुकुचामा गाड्छु’ भन्ने अभिव्यक्ति प्रति राष्ट्रिय युवा संघ नेपाल काठमाण्डौ महानगर कमीटीको गम्भीर ध्यान आकर्षण भएको छ । आफ्नो पदीय जिम्मेवारी भुलेर पब र कल्बहरुमा रमाउँदै सस्तो लोकप्रियता र सामजिक संजालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभिव्यक्ति नदिन र काठमाडौं तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्‌काउने अभिव्यक्ति नदिन हामी सचेत गराउँछौं र ‘कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्‌छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने मेयरलाई कानुनी कठघरामा उभ्याउनका लागि सरोकारवाला निकाय सँग जोडदार माग गर्दछौं’, कमिटीद्वारा विज्ञप्तिमा लेखिएको छ । 

बालेनले सोमबार फेसबुकमा ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!’ भन्दै स्टाटस लेखेका थिए ।

संघकाे विज्ञप्ति:

ताजा खबर

सम्बन्धित खबर