२०८२ चैत ११ गते बुधवार / Mar 25 , 2026 , Wednesday
२०८२ चैत ११ गते बुधवार
Ads

कालीकोटमा बोलेरो जीप दुर्घटना, ८ जना घाइते

himalayanlife
कमल कुमाल
२०८१ चैत १२ गते २२:३७
Shares
कालीकोटमा बोलेरो जीप दुर्घटना, ८ जना घाइते

कालीकोट : कालीकोटको नरहरिनाथ गाउँपालिका–३, डाडामाडु जाँदै गरेको बोलेरो जीप दुर्घटना भएकाृ छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००२ च ०७०७ नम्बरको जीप मंगलबार साँझ नरहरिनाथ–३, कुमालगाउँस्थित इलाका प्रहरी कार्यालय कुमालगाउँ पछाडि दुर्घटना हुँदा झण्डै २० मिटर तल खसेको थियो । 

दुर्घटनामा चालकसहित ८ जना घाइते भएका छन् । कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतका अनुसार दुर्घटनामा घाइते हुनेमा २० वर्षीय राजेन्द्र विष्ट, २९ वर्षीय अनिलकुमार बुढा, ४० वर्षीया आदेवी सहकारी, ३५ वर्षीया विष्णु विष्ट, ४० वर्षीय दानबहादुर सहकारी, २८ वर्षीय गणेश आचार्य, ३५ वर्षीय अम्मरबहादुर विष्ट, २४ वर्षीय चालक जगत वि.क रहेका छन् । घाइते सबैलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर