२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बाँदर आतंक नियन्त्रण गर्न माग गर्दै गरुडामा किसानकाे प्रदर्शन

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार १९ गते १३:२५
बाँदर आतंक नियन्त्रण गर्न माग गर्दै गरुडामा किसानकाे प्रदर्शन

रौतहट : रौतहटको गरुडामा बाँदर आतंक नियन्त्रण गर्न माग गर्दै किसानहरुले प्रदर्शन गरेका छन् । बाँदरले बाली खाइदिएर बाली उत्पादन नै हुन नदिएपछि नियन्त्रणको माग गर्दै गरुडामा किसानहरुले प्रदर्शन गरेका हुन् ।

गरुडा नगरपालिकाको विभिन्न गाउँमा बाँदरले धानबाली, मकै, गहुँ तथा आँप र अन्य फलफूल खाइदिने गरेको छ । सयौंको संख्यामा रहेका बाँदरले बालीनाली नोक्सान गर्ने गरेको छ । तरकारी तथा फलफूल जस्ता बालीको रक्षा पनि किसानहरुले गर्न सकेका छैनन् । दिउँसो मात्र नभइ राति पनि बाँदरको समूहले तरकारी बाली नोक्सान गर्ने गरेको किसानहरुको भनाइ छ ।

यो समस्या वर्षौंदेखि रहेको तथा नगरपालिका र वन कार्यालयको टोलीले निरीक्षण गरिसकेको अवस्थामा पनि नियन्त्रणको कुनै पहल हुन नसकेको भन्दै किसानहरु आक्रोशित भएर प्रदर्शनमा उत्रिएका हुन् ।

स्थानीय नेता दीपक राय यादवको नेतृत्वमा प्रदर्शनमा उत्रिएका किसानहरुले वन कार्यालय र नगरपालिकाविरुद्ध नाराबाजी गरेका छन् । बाँदरको नियन्त्रण गर्न नसकेको नगरपालिकाले किसानसँग मिलेर नियन्त्रणको पहल गर्नुपर्ने नेता यादवले बताए ।

नगरपालिकाले भने बाँदर नियन्त्रणका लागि वन कार्यालयमा पत्राचार गरिसकेको र वन कार्यालयलाई बारम्बार ताकेता गरिएको बताएको छ । वन कार्यालयले भने बाँदरको समस्यालाई गम्भीरतापूर्वक नलिएको स्थानीयहरु बताउँछन् । वन कार्यालयले गरुडा क्षेत्रमा रहेको बाँदर आतंक नियन्त्रणका लागि बजेटको अभाव रहेको जनाउने गरेको छ ।

वन कार्यालयसँग गरुडा नगरपालिकाले समन्वय गरेर बाँदर नियन्त्रणका लागि लाग्ने खर्च नगरपालिकाले व्यहोर्ने सार्वजनिक प्रतिबद्धता जनाउनुपर्ने माग पनि किसानहरुको रहेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise