२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

निगरानीमा पूर्वराजा ज्ञानेन्द्र 

draupadi film
दिवाकर अधिकारी
२०८१ चैत १७ गते ०६:५३
निगरानीमा पूर्वराजा ज्ञानेन्द्र 

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह निगरानीमा परेका छन् । राजतन्त्र पक्षधरको हिंसात्मक प्रदर्शनपछि सरकार, राजनीतिक दलहरू, मानवअधिकार आयोग, नेपाल पत्रकार महासंघलगायतले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिमाथि निगरानी बढाएका हुन् । कतिपयले ज्ञानेन्द्र शाहको जबाफदेहिता खोजेका छन् ।

शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन थियो । प्रदर्शनका क्रममा राजावादीले निजी घरहरूमा तोडफोड र आगजनी गरे । एक पत्रकारको जलेर ज्यान गयो । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भयो ।
राजावादीहरूले नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा आगजानी गरे । नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा तोडफोड प्रयास गरे ।

जुडीबुटीमा रहेको सन्चो उद्योगमा आगजनी गरे । अन्नपूर्ण पोस्टको कार्यालयमा आगजनी गरे भने कान्तिपुर मिडिया हाउसको भवनमा ढुंगामूढा गरे ।

हिमालय टेलिभिजनको सवारी साधन तोडफोड गरे । अन्य  सरकारी तथा निजी सवारी साधनमा आगो लगाए । व्यापारिक केन्द्रहरूमा तोडफोड र लुटपाटसमेत गरे । 

यसरी भएको आपराधिक गतिविधिको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रको रहेको भनेर सरकार, राजनीतिक दलहरू, मानवअधिकार आयोग र पत्रकार महासंघलगायतले खबरदारी गरेका छन् । यही सन्दर्भमा कतिपयले पूर्वराजा ज्ञानेन्द्र शाहको जबाफदेहिता खोजेका हुन् ।

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहकै कारण तीनकुनेमा क्षति भएको भनेर आफ्नो क्षेत्राधिकारभित्र पर्ने हदसम्म जरिमाना तोकेको छ । महानगरले पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिमाना तोकेको हो ।

शुक्रबार तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा जरिमाना रकम तोकिएको छ । तोकिएको जरिमाना रकम नबुझाए कारबाही गर्ने महानगरको चेतावनी छ । 

सत्तारूढ दल नेपाली कांग्रेसले शुक्रबार काठमाडौंको तीनकुनेमा भएको घटनाको पूर्ण जिम्मा पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।पर्टी प्रवक्ता डा. प्रकाशशरण महतले भनेका छन्, ‘राजावादीको नाममा भएको गतिविधिको समीक्षा भयो । गृहमन्त्रीज्यूले घटना विवरण प्रस्तुत गरेपछि हिजो भएको घटनामा सबै कब्जा गर्ने उहाँहरूको लक्ष्य देखियो, त्यसको सबै जिम्मेवारी उहाँले (पूर्वराजा) लिनुपर्छ ।’ पूर्वराजाकै योजनामा आन्दोलन समिति बनाइएको कांग्रेसले भनेको छ । 

सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी)लगायतका दलहरूले पनि शुक्रबारको तीनकुने घटनाको निन्दा गरेका छन् । दोषी उपर कारबाही गर्न सरकारलाई भनेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको जबाफदेहिता खोजिनुपर्ने माग गरेका छन् । 
मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वराजा ज्ञानेन्द्रलाई छाडा हुने छुट दिन नसकिने बताउँछन् । ‘ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन सकिँदैन, नेपाली जनता त्यसका लागि तयार छैनन्’, प्रचण्डले भनेका छन्, ‘यसमा सरकार गम्भीर बनोस् ।’
 

ADV

सम्बन्धित खबर

Advertise