तिलु शर्मा पौडेल / मध्यान्ह
कोरोनाका कारण असहजता परे पनि नेपाली साँगीतिक क्षेत्रमा म्युजिक भिडियो बन्ने र रिलिज हुने क्रम रोकिएको छैन । हाँस्य क्षेत्रमा संघर्षरत म्याग्देली कलाकार रबि कार्कीले आफ्नो पॉचौ सॉगीतिक एल्बम आफ्नै सङ्गीतमा "माया के रैछ" लोक तथा दोहोरी गीत आफ्नै युट्युब च्यानलबाट बजारमा ल्याएका छन् ।
आफ्नी प्रेमिकासँग घरजम हुन नसकेपछि माया के रहेछ भनेर भावव्हिल हुँदै "प्रेमिकाको माया आफूले बिर्सन नसक्ने बिर्सनै परे त्रिशुल रोपेर जान" कार्कीले गीत मार्फत अनुरोध गरेका छन् । सुन्दर शैलीमा प्रस्तुत गरिएको गीत माया के रैछ का रचनाकार प्रवीण खत्री"ठुले" हुन भने कार्की स्वयं र देवी घर्तीले ती सुन्दर शब्दमा जादुमयी आवाज दिएका छन् ।
वास्तविक जीवनको भोगाई झैँ लाग्ने गरी स्मृति तिमील्सिना गुरुआमाले कलात्मक रूपमा गीतलाई पर्दामा उतारेकी छिन । हेमन्त रसाइली कान्छाले संगीत संयोजन गरेको गीतमा जुना गुरुङ, रबि कार्की, गङ्गा कँडेल, नारायण बास्तोला, सज्जन बोहोरा र जनिता खत्रीको जीवन्त अभिनय हेर्न सकिन्छ ।
प्रकाश धमलाले सम्पादन गरेको भिडियो गणेश सापकोटा र अर्जुन बास्तोलाले खिचेका हुन भने गुरुआमा फिल्मसले पोस्ट प्रोडक्सन गरेको हो । गीत केही दिनदेखि सामाजिक सञ्जालमा हिट हुँदै गई रहेको र आफ्ना अन्य एल्बमलाई झैं सबैले माया गरिदिने विश्वास कार्कीले लिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies