२०८२ भदौ १७ गते मङ्गलवार / Sep 02 , 2025 , Tuesday
२०८२ भदौ १७ गते मङ्गलवार
Ads

पत्रकार राई ‘क्रियाशील पत्रकारिता पुरस्कार’बाट सम्मानित

shivam cement
भरत प्रधान
२०८१ चैत २४ गते २०:४७
पत्रकार राई ‘क्रियाशील पत्रकारिता पुरस्कार’बाट सम्मानित

लिस्बन : नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई ‘क्रियाशील पत्रकारिता पुरस्कार–२०८१’ बाट सम्मानित भएका छन् । 

प्रवासमा रहेर जनपक्षीय पत्रकारितामार्फत् समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै राई ‘क्रियाशील पत्रकारिता पुरस्कार–२०८१’ बाट सम्मानित भएका हुन् । पत्रकार राईलाई प्रेस सेन्टर नेपालले नगदसहित पुरस्कृत गरेको हो ।

उनलाई प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनको अवसरमा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नगदसहित सम्मान पत्रले सम्मान गरेका हुन् । खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङका राई डेढ दशकदेखि बेल्जियममा रहेर पत्रकारितामा क्रियाशील रहँदै आएका छन् । 

युगध्वनी साप्ताहिकबाट पत्रकारिता सुरु गरेका राईले चोमोलोङ्मा साप्ताहिक, काठमाडौं टुडे, साल्पा मासिक, हिमालय, नेपाल टाइम्स दैनिक, लोकपत्र दैनिक, अपराह्न दैनिक, छानबिन साप्ताहिक, जनमञ्च साप्ताहिक, मध्यान्तर पाक्षिकलगायत विभिन्न पत्रपत्रिकामा आबद्ध भइ काम गरेका थिए । यस्तै खोटाङबाट प्रकाशित हुने मध्यान्तर पाक्षिकमा सल्लाहकार सम्पादक र लेनमुक (दिव्यदृष्टि) पाक्षिकमा सम्पादकको रुपमा समेत काम गरेका थिए । 

नेपाल टाइम्समा कार्यरत रहँदा राष्ट्रिय खेलकुद परिषद् र राष्ट्रिय खेलाडीको संयुक्त टोलीसँगै खेलकुद पत्रकार टोलीको नेतृत्व गर्दै रिपोर्टिङका लागि उनी स्वीटजरल्यान्ड समेत गएका थिए । 

नेपाल पत्रकार महासंघ काठमाडौंका पूर्वजिल्ला कार्यसमिति सदस्यसमेत रहेका राईले नेपालमा रहँदा खेलकुद, संसद र अपराधको क्षेत्रमा कलम चलाएका थिए । युरोपमा रहेर लामो समयदेखि पत्रकारितामा क्रियाशील रहँदै आएका पत्रकार राई युरो नेपाल अनलाइनका सम्पादक समेत हुन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise