२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

राजस्व छली गरिएका भेपसहित ३ जना पक्राउ

shivam cement
२०८२ भदौ १६ गते १७:१३
Shares
राजस्व छली गरिएका भेपसहित ३ जना पक्राउ

काठमाडौंः राजस्व छली गरिएका विद्युतीय चुरोट (भेप)सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ लिस्ती घर भएका ४० वर्षीय निमा छिरिङ शेर्पा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० कपन बस्ने सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका–४ जुबु घर भएका ४२ वर्षीय कृष्ण बहादुर गुरूङ र काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–७ ज्यामिरे घर भएका ५२ वर्षीय राम बहादुर गुरूङ रहेका छन् ।   

काठमाडौंको चमती वडा एरियामा अवैध रूपमा भेप राजस्व छली भण्डारण तथा संचय गरी कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१५ चमतीस्थित गोदामबाट विभिन्न कम्पनीका भेप ३ हजार ८ सय ५ थान फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको छ । 

सम्बन्धित खबर