२०८२ भदौ १६ गते सोमवार / Sep 01 , 2025 , Monday
२०८२ भदौ १६ गते सोमवार
Ads

सीमा सुरक्षाका बारेमा सरकार गम्भीर छ : गृहमन्त्री लेखक

shivam cement
मध्यान्ह
२०८२ भदौ १६ गते १५:०७
सीमा सुरक्षाका बारेमा सरकार गम्भीर छ : गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले सीमा सुरक्षाका बारेमा सरकार गम्भीर रहेको बताएका छन् । पर्सामा सोमबार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सीमा सुरक्षा, सीमामा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपालले काम गरिरहेको बताए ।

उनले ठाउँ-ठाउँमा सीमा सुरक्षाका कुराहरु, सीमामा अपराधजन्य काम नियन्त्रणका लागि सरकारले गहन रुपमा काम गरिरहेको जिकिर गरे । उनले नेपाल कुनैपनि देशको सैन्य रणनीतिमा सामेल नहुने स्पष्ट पारे ।

उनले भने, ‘सीमा सुरक्षाका बारेमा हामी गम्भीर छौं । सीमा सुरक्षा र सीमामा हुने अपराध नियन्त्रणका लागि शसस्त्र प्रहरी बल, नेपालले काम गरिरहेको छ । ठाउँ ठाउँमा सीमा सुरक्षाका कुराहरु, सीमामा अपराधजन्य काम नियन्त्रणका लागि हामीले गहन रुपले काम गरिरहेका छौं । चिनियाँ रणनीतिमा हामी सामेल भएको हो की भन्ने प्रश्न उठाउनुभएको छ । हामी कुनैपनि देशको सैन्य रणनीतिमा सामेल हुँदैनौं । हामी सबैका मित्र छौं, कसैसँग शत्रुभाव छैन ।’

गृहमन्त्री लेखकले अपराधजन्य गतिविधिमा आग्रह, पूर्वाग्रह नहुने स्पष्ट पारे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise