२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

बैतडीमा पहिरो खस्दा एक घर पुरियो

shivam cement
२०८२ भदौ १६ गते १२:४२
Shares
बैतडीमा पहिरो खस्दा एक घर पुरियो

काठमाडौंः बैतडीमा पहिरोमा परेर एक घर पुरिएको छ। आइतबार अपराह्न सुर्नया गाउँपालिका–२ कटनोली चौपातामा पहिरो खस्दा एक घर पुरिएको हो । 

घरमाथि रहेको कच्ची सडकबाट खसेको प्रहरीले जनाएको छ । घर पुरिँदा ९० वर्षीया गोदावरी चन्द गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनलाई उपचारका लागि डडेलधुरा पठाइएको छ । पहिराले गोठमा रहेका १३ पशुसमेत पुरिएर मरेका छन्। 
 

सम्बन्धित खबर