२०८२ भदौ १६ गते सोमवार / Sep 01 , 2025 , Monday
२०८२ भदौ १६ गते सोमवार
Ads

डोल्पा बाहेकका सबै जिल्लामा पशु चिकित्सकको राम्रो उपलब्धता छ : उपाध्यक्ष शाही

shivam cement
मध्यान्ह
२०८२ भदौ १६ गते १६:११
डोल्पा बाहेकका सबै जिल्लामा पशु चिकित्सकको राम्रो उपलब्धता छ : उपाध्यक्ष शाही

काठमाडौं : नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोजकुमार शाहीले डोल्पा बाहेक सबै जिल्लामा पशु चिकित्सकहरुको राम्रो उपलब्धता रहेको बताएका छन् । सोमबारको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सोमबार समितिको बैठकमा नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालाहरुसँग विधेयकका सैद्धान्तिक पक्षसँग सम्बन्धित विषयमा छलफल भएको हो । छलफलका क्रममा उनले पशु चिकित्सक र पशु चिकित्सा व्यवसायको परिभाषा विधेयकमा गरेर जानुपर्ने बताए । उनले विधेयकमा किसानलाई क्षतिपूर्ति दिनेकुरा पनि उल्लेख गरिएको भन्दै यसलाई कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

उनले भने, ‘डोल्पा बाहेक अहिले हाम्रो हरेक जिल्लामा भेटेरिनरी डाक्टरको उपस्थिति देखिन्छ । उपलब्धता राम्रो रहेको छ । पशु चिकित्सक र पशु चिकित्सा व्यवसायको परिभाषा छ । पशु चिकित्सा व्यवसायी भनेर लेखिदिऔं तर त्यसको परिभाषा ऐनमा गर्न बिर्सिएछौं । किसानलाई क्षतिपूर्ति दिनेकुरा पनि हामीले यहाँ राखेका छौं । पशु बोल्दैन भनेर हो की के हो जसले पनि घोचिदिने भइरहेको छ । जसले पनि अपरेशन गरेको छ । शैक्षिक योग्यताअनुसारका कुराहरु गरेका छौं ।’

उपाध्यक्ष शाहीले पशु बोल्दैन भनेर जसले पायो त्यसले उपचार गर्न खोज्ने कुरा गलत भएकाले शैक्षिक योग्यताअनुसारको उपचार गर्नुपर्ने कुरा विधेयकमा लेख्न जरुरी रहेको बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise