२०८१ चैत २६ गते मङ्गलवार / Apr 08 , 2025 , Tuesday
२०८१ चैत २६ गते मङ्गलवार
Ads

कार्यालय सहयोगीले निकाले शिक्षकमा नाम

draupadi film
सत्यराज सिंह
२०८१ चैत २५ गते २२:५१
कार्यालय सहयोगीले निकाले शिक्षकमा नाम

बझाङ : जयपृथ्वी नगरपालिका–७ का कलकराज रतालाले स्थायी शिक्षकमा नाम निकालेका छन् । बझाङको जयपृृथ्वी नगरपालिका–७ को वडा कार्यालयमा कार्यालय सहयोगीका रुपमा रहेका रतालाले प्रावि शिक्षकमा नाम निकालेर सिफारिस भएका हुन् । 

सोमबार जयपृथ्वी नगरपालिका–७ को वडा कार्यालयले उनी स्थायी शिक्षक भएपछि बिदाइ गरेको छ । रतालाले २०६५ साल देखि २०७५ सालसम्म जयपृथ्वी नगरपालिका–७  सुबेडामा रहेको जनता प्राविमा निजी स्रोतमा प्रधानाध्यापकको रुपमा काम गरेका थिए ।  प्रधानाध्यापकबाट राजीनामा दिएर २०७५ सालमा उनलाई वडा कार्यालयमा कार्यालय सहयोगीको रुपमा नियुक्ति  गरेपछि निरन्तर वडाको कामसँगै शिक्षक सेवाको परीक्षाको तयारीमा लागेका थिए । हाल उनी तलकोट गाउँपालिकामा रहेको चन्द्रोदय आधारभूत विद्यालयमा सिफारिस भएका छन् । 

ADV

सम्बन्धित खबर

Advertise