२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

राहुल कुशवाहा मृत्यु घटना : हत्या भएको परिवारको दाबी, प्रहरीले जाहेरी नलिएको आरोप

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार २० गते २०:०१
राहुल कुशवाहा मृत्यु घटना : हत्या भएको परिवारको दाबी, प्रहरीले जाहेरी नलिएको आरोप

रौतहट : रौतहट सदरमुकाम गौर नगरपालिका वडा नं ५ का राहुल कुशवाहाको सामुहिक हत्या भएको परिवारले आरोप लगाएको छ । मृतक राहुलको आमाले छोराको पूर्व योजना बनाएर सामुहिक हत्या भएको आरोप लगाइन् । 

उनले आफ्नो छोरा राहुललाई रितेश कुशवाहा,समीर कुशवाहा,मोहम्मद रेहान र नितल राणाले हत्या गरेको र उनीहरुमाथि किटानी जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय रौतहट जाँदा समेत जाहेरी लिन नमानेको बताइन् ।

२०८१ जेष्ठ ३१ गते काठमाडौं बढ्दै गरेका बेला हत्या आरोपितहरुले मृतक राहुल कुशवाहालाई फोन गरी बोलाएका थिए । त्यही दिन ३ बजेको समयमा खाजा खाएर बसिरहेको छोरालाई उनीहरुले बोलाएर लगेको उनले बताइन् ।

राहुल लिवरपुल इन्टनेशनल सेकेन्ड्री स्कुल नयाँ बानेश्वर काठमाडौंमा कक्षा १२ मा पढ्दै आएका थिए । असार १ गते राजदेवी न.पा. अन्तर्गत पर्ने वाग्मती नदीको पताही घाटमा वसतपुर प्रहरी चौकीको प्रहरीले राहुलको शवलाई फेला पारेको थियो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा राहुलकी आमाले छोरालाई आरोपितहरुले आर्थिक लोभमा परी हत्या गरेको बताइन् । 

ADVADV

सम्बन्धित खबर

Advertise