२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मातृ शोकमा पनि सेवाग्राहीकै काममा कनकासुन्दरीका लेखापाल आचार्य

ADV
दिलमाया शाही
२०८१ असार २० गते २०:३६
मातृ शोकमा पनि सेवाग्राहीकै काममा कनकासुन्दरीका लेखापाल आचार्य

जुम्ला : जुम्लाका कनकासुन्दरी गाउँपालिकाका लेखापाल शंकर आचार्य यतिबेला मातृ शोकमा  छन् । तर आचार्यले जनताको सेवा प्रवाहमा असर नपरोस् भनेर नियमित काममा फर्किएका छन् । यही असार १६ गते उनको आमा जयलक्ष्मी आचार्यको ८१ वर्षको उमेरमा प्रदेश अस्पताल सुर्खेत निधन भएको थियो । १७ गते हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको थियो । 

तर लेखापाल आचार्य १८ गते साँझदेखि नै नियमित कार्यालयको काम गरिरहेका गाउँपालिकाका सूचना अधिकारी नेत्र बहादुर खत्रीले बताए । 

उनले भने,‘आर्थिक वर्ष सकिन लाग्ने बेला जनताले गरेका विकास निर्माणमा गरेका भुक्तानी, कर्मचारीको तलब लगायतका महत्वपूर्ण कामहरू ओझेलमा नपरोस् भनेर काममा फर्किनु भएको छ ।’ 

नेपाल सरकारको नियम अनुसार १५ दिन क्रिया बिदा पाइन्छ । लेखासँग सम्बन्धित कार्यालयका दैनिक कामकाजमा कुनै पनि समस्या सृजना नहोस् भनेर दिनरात अहोरात्र खटिएर काम गरिएको देखिन्छ । 

ADVADV

सम्बन्धित खबर

Advertise