२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

घरेलु कार्यालयको अनुगमन : ३४ बोरा मल बरामद

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार २० गते २०:३७
घरेलु कार्यालयको अनुगमन : ३४ बोरा मल बरामद

अर्घाखाँची : घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

अर्घाखाँचीका ग्रामीण भेग तथा बजार क्षेत्रमा गरिएको अनुगमनमा साढे ३४ बोरा डिएपी मल बरामद गरिएको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा रहेको कृषि सहकारीले वितरण गर्ने अनुदानको मल चुत्राबेसीका  एग्रोभेटले अवैध लुकाएर राखेको पाइएकोले नियन्त्रणमा लिइएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख सन्तोष खनालले बताए । 

चुत्राबेसीको भुसाल एग्रोभेट सेन्टरबाट साढे १७ बोरा र चुत्राबेसी बन्जाडे एग्रोभेटबाट १७ बोरा गरी साढे ३४ बोरा डिएपी मल अवैध हिसाबले बेच्न राखेको पाइएकाले बरामद गरिएको प्रमुख खनालले बताए । 

अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य लगायतको टोली अनुगमनमा खटिएको हो । 

कृत्रिम अभाव खडा गर्ने गरी उक्त पसलहरुले अनाधिकृत रुपमा,बिक्री गर्ने गरेको पाइएकोले आवश्यक कारबाहीको लागि सन्धिखर्क नगरपालिकामा पठाइएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख खनालले बताए । 

अहिले मकैमा मल राख्ने समय छ । यो समयमा बजारमा मलको अभाव देखाइ कालो बजारी गर्ने उद्देश्य हुन सक्ने सन्धिखर्क नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए । 

अर्घाखाँचीमा अहिले मलको कृत्रिम अभाव गराएपछि यहाँका किसानहरु मल नपाएर चिन्तित बनेका बेला घरेलु  कार्यालयले छापा मार्न थालेपछि किसानहरु खुसी भएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise