२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

सांग्रिला अर्फनेज होमले मनायो २५औं वार्षिकोत्सव

draupadi film
मध्यान्ह
२०८२ वैशाख ८ गते २०:०४
सांग्रिला अर्फनेज होमले मनायो २५औं वार्षिकोत्सव

काठमाडौं : सांग्रिला अर्फनेज होमले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव मनाएको छ । 

वि.सं २०५५ सालमा तिलगंगाको एउटा सानो कोठाबाट ५ जना बालबालिका राखेर सुरु भएको होम २५ वर्ष पूरा भइरहँदा चापागाउँमा आफ्नै आवासीय भवन र आफ्नै विद्यालय स्थापना गरी सञ्चालन गर्न सफल भएको छ ।

विपन्न तथा बाबुआमा नभएका साहराविहीन बालबालिकाहरुको विना भेदभाव जीवनका लागि चाहिने न्यूनतम आवश्यकताहरु गास, बास, कपास, शिक्षा र स्वास्थ्यको उचित व्यवस्था गर्दै आएको सांग्रिला अर्फनेज होमका अध्यक्ष यमुना मरासिनीले जानकारी दिइन् । 

कार्यक्रममा प्रमुख अतिथि ललितपुर क्षेत्र नं. १ का सांसद एवं पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणाले बालबालिकाको संरक्षण, शिक्षा र स्वास्थ्य क्षेत्रमा संस्थाले खेलेको भूमिका निकै प्रशंसनीय रहेको बताए । 

२५औं वर्ष अर्थात् रजत महोत्सवका अवसरमा सांग्रिला दपर्ण नामक स्मारिका समेत विमोचन गरिएको छ । 

स्मारिकामा शुरुवाती दिनदेखि सहयोग गर्दै आएका विदेशी दाताहरु, सरकारी तथा गैरसकारी संस्थाहरुको शुभकामना सन्देश, संस्थापक सदस्यहरु, कर्मचारी प्रतिनिधिहरुको भोगाई तथा अनभव र सांग्रिला अर्फनेज होमबाट आवसीय तथा गैरआवसीय छात्रवृत्ति सहयोग प्राप्त गरी विभिन्न पेशामा काम गर्दै आएका युवाहरुको सफलताका कथाहरु समावेश गरिएको छ । 

कार्यक्रममा सांग्रिला अर्फनेज होमका सचिव दधिवल थापाले सांग्रिलाले अनाथ तथा सहारा विहीन बालबालिकाको संरक्षण गर्ने साथै सामाजिक विकासका काम, सडक मर्मत, खानेपानी, वृक्षरोपण तथा महामारीको समयमा आवश्यकता अनुसार स्थानीय स्तरमा सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव इन्दिरादेवी ढकाल, गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, गोदावरी १० का वडाध्यक्ष शेखर न्यौपाने लगायतले रजत महोत्सवको शुभकामना व्यक्त गरेका थिए ।

त्यसैगरी गोविन्द फाउण्डेशन जर्मनका कार्यकारी निर्देशक बबेट मिल्लेरले नेपालका लागि सहयोग गर्न पाउँदा आफुहरु निकै भग्यमानी भएको बताएकी थिइन् । गोविन्द एशोसियसनका संस्थापकद्वय रोक्को र रमनले भिडियो सन्देशमार्फत रजत महोत्सवको शुभकामना दिएका थिए । 

कार्यक्रममा सांग्रिला अर्फनेज होम तथा सांग्रिला इन्टरनेशनल विद्यालयका बालबालिकाहरुले प्रतिभा प्रस्तुत गरेका थिए । 

यस होममा हाल ३२ जना बालबालिकाले आश्रय पाइरहेका छन् । कार्यक्रम संस्थाका सल्लाहकार तथा रजत महोत्सव कार्यक्रम संयोजक नीता शाहीको संयोजकत्वमा सम्पन्न भएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise