काभ्रे : नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालद्वारा लिखित पुस्तक ‘अनुभूतिको संगालो’ सार्वजनिक गरिएको छ ।
काभ्रेमा आयोजित एक कार्यक्रममा दाहालद्वारा लिखित पुस्तकको सार्वजनिक गरिएको हो । दाहालले कृषि, डेरी, शिक्षा तथा समसामयिक विषयमा लेखिएका विविध लेखहरु समावेश गरेर पुस्तक प्रकाशन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि पूर्व राष्ट्रपति डा. रामवरण यादव लगायत अतिथिहरुले पुस्तक सार्वजनिक गरेका थिए ।
कार्यक्रममा बोल्दै लेखक दाहालले आफ्नो गृह जिल्लामा आएर पुस्तक सार्वजनिक गर्न पाउँदा गौरव महसुस भएको बताए । आगामी दिनमा अझै गहन विषयबस्तु छनोट गरी दोस्रो पुस्तक प्रकाशन गर्ने उनले प्रतिबद्धता जनाए ।