२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पाणिनी गाउँपालिकालाई नमुना पालिका बनाउँदै प्रशासकीय अधिकृत न्यौपाने

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार २१ गते २०:२८
पाणिनी गाउँपालिकालाई नमुना पालिका बनाउँदै प्रशासकीय अधिकृत न्यौपाने

अर्घाखाँची : कार्यालय प्रमुखहरुमा कार्यालय सञ्चालन गर्ने शैली  फरक–फरक हुने गर्दछ । उनीहरुको स्वभाव, चालचलन र कार्यशैली पनि फरक–फरक हुने गर्दछ । स्वार्थविहीन÷त्यागी मानिस समाज तथा राष्ट्रको लागि महान कहलिन्छन् । कामलाई नै प्रमुख प्राथमिकता दिएका व्यक्तिहरू पनि हाम्रो समाजमा प्रशस्तै छन् ।

त्यस्तै अनुशासित चिन्तन अंगाल्नेमध्येका एक हुन् अर्घाखाँची पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने । उनी आफ्नो कार्यसम्पादनलाई उत्कृष्ट बनाउन तल्लिन रहेका छन् । हरेक काम सुशासनमैत्री तवरबाट अगाडि बढाउने कर्मचारीको रुपमा चिनिएका छन् । 

वि.स.२०४९ सालमा निजामती सेवामा प्रवेश गरेका उनी अहिले पाणिनी गाउँपालिकामा आफ्नो प्रशासनिक कार्य अगाडि बढाइरहेका छन् । जनताको समस्या र आवश्यकताको मर्म बुझेर हरेक कार्य गर्न राज्यले निर्धारण गरेको समयभन्दा पनि बढी समय उनी गाउँपालिकाको काममा बिताउँछन् ।

उनी गाउँपालिकामा आएपछि प्रशासनतर्फका गतिविधिहरू थप पारदर्शी ढंगबाट अगाडि बढिरहेको छ । यस्तै काम गर्न पनि सजिलो भएको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी बताउँछन् । सहयोगी भावनाका न्यौपाने त्यही क्षेत्रमै जन्मिएर लामो समय बिताएका कारण उनी पालिकाको बारेमा धेरै विज्ञ पनि देखिन्छन् । जसले गर्दा उनी धेरै गाउँपालिकाहरुमा सफल पनि भएका छन् । 

पाणिनी गाउँ पालिकाले आर्थिक वर्ष २०८१/०८२ को कृषि तथा पर्यटन प्रवद्र्धन रोजगारी र पूर्वाधारको विकासको साथै उत्पादनमुखी आर्थिक सामाजिक रूपान्तरणका माध्यमबाट विद्यमान गरिबी असमानता तथा बेरोजगारीको अन्त्य गर्ने उद्देश्यले तथा ‘पाणिनी र दुर्वासा ऋषिको पहिचान समृद्धि पाणिनी निर्माण हाम्रो अभियान’को लक्ष्य तथा दीर्घकालिन सोचका साथ अगाडि बढिरहेको न्यौपानेले बताए । 

आर्थिक विकास भनेको मानव विकास हो, मान्छेको आय,आयु र शिक्षामा लक्षित भएर अगाडि बढ्दा विकासले सार्थकता पाउने उनी बताउँछन् । 

पालिकामा सुशासन कायम गर्न संघ, प्रदेश र स्थानीय तहले मार्गदर्शन गरेका कुराहरूको अनुशरण गरी उनले खरिद प्रक्रिया पारदर्शिता र प्रभावकारी ढंगबाट अगाडि बढाएका छन् । जनताका चाहनाहरू, गुनासाहरू सुन्नका लागि गुनासा पेटिकाहरू, सूचना अधिकारीहरूको पनि व्यवस्था गरी प्रत्यक्ष जनतामाझ पुगेर कार्य गरिरहेको उनले बताए ।

अहिले राज्य पुनर्संरचना र राज्यमा संघीयता कार्यान्वयनमा आएसँगै धेरै अधिकारहरू स्थानीय तहलाई आइसकेको अवस्थामा विभिन्न विचारधारा लक्ष्य लिएर आएका नयाँ जनप्रतिनिधिहरूसँग छलफल भइ सही प्रस्तावहरू सर्वसम्मत रुपमा अगाडि बढाइ आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकासतर्फ पालिकाको काम तीव्र गतिमा अगाडि बढाइरहेको न्यौपानेले बताए । 

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका न्यौपाने कम समयमै पाणिनी बासीहरूको सार्वजनिक समस्या पूरा गर्न लागि परिरहेका मात्रै छैनन् काम समेत गरेर दखाएका छन् ।  यसले पालिकामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कर्मचारीहरु बताउँछन् । उनी पाणिनी गाउँपालिकामा आएदेखि कार्यसम्पादनमा देखिने चुनौतीका बाबजद पनि विवादरहित काम गरी उदाहरणीय बन्न सफल भएको स्थानीयको भनाइ छ ।

सस्तो लोकप्रियताका लागि नभइ उनी आफ्नो काम प्रचार–प्रसार नगरी गरिरहेका छन् । जुनसुकै कार्य गर्दा प्रचार–प्रसार भन्दा काम ठूलो बताउने न्यौपाने राम्रो काम गर्ने मानिस सधैँ उचाइमा पुग्ने बताउँछन् । न्यौपानेले यसअघि रुपन्देहीका विभिन्न्न गाउँपालिकामा  कार्यालय प्रमुखका रुपमा काम गरेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise