२०८२ वैशाख १३ गते शनिवार / Apr 26 , 2025 , Saturday
२०८२ वैशाख १३ गते शनिवार
Ads

कांग्रेसको प्रस्ताव : प्रतिनिधिसभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौं

मध्यान्ह
२०८२ वैशाख १२ गते १४:०३
कांग्रेसको प्रस्ताव : प्रतिनिधिसभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौं

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे प्रतिनिधिसभामा आएका विधेयकहरूलाई पारित गर्ने समयसीमा तोक्ने प्रस्ताव गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले यस्तो प्रस्ताव गरेका हुन् ।

विधेयकहरु संसदमा अल्झिराख्ने परम्पराको अन्त्य गर्न समयसीमा तोक्न आवश्यक रहेको उनको भनाइ छ । उनले विधेयक संसदमा टेबुल भएको ६ महिनाभित्रमा त्यसले कानूनको स्वरुप धारण गरिसक्नुपर्ने व्यवस्था गर्न जरुरी रहेको बताए ।

उनले विषयगत समितिले तीन महिनाभित्र प्रश्तुत विधेयकलाई छिनोफानो गरिसक्नुपर्ने, संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सभाले दुई महिनाभित्र र अन्य संसदीय काम कारबाहीका लागि थप एक महिनाको समयसीमा निर्धारण गर्न सकिए ६ महिनाभित्र विधेयक पास गर्न पारित गर्न सकिने बताए । 

आजका धेरै समस्याहरु नीति निर्माण मा ढिलाइ भएको कारणले पनि उत्पन्न भएको उनको दाबी छ । शिक्षक, चिकित्सक लगायतको आन्दोलन नीति निर्माणमा ढिलाइ भएकै कारण भएको उनको जिकिर छ ।

ADV

सम्बन्धित खबर