२०८२ वैशाख १२ गते शुक्रवार / Apr 25 , 2025 , Friday
२०८२ वैशाख १२ गते शुक्रवार
Ads

३ जिल्ला संस्थाको संयुक्त आयोजनामा कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

तिलु शर्मा पौडेल
२०८२ वैशाख १२ गते १५:२२
३ जिल्ला संस्थाको संयुक्त आयोजनामा कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

दोहा कतार : साबिकको धौलागिरि अञ्चलका कतारमा स्थापित ३ जिल्ला संस्थाले संयुक्तरूपमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा पर्वत समाज कतार, म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार र बागलुङ सेवा समाजले कतारको हमाद हस्पिटलअन्तर्गतको नेसनल ब्लड डोनेसन सेन्टरमा ५३ जनाले रक्तदान गरेसँगै कार्यक्रम सम्पन्न भएको हो ।

शुक्रवार बिहान ८ बजेदेखि सुरु भएर मध्यान्हसम्म चलेको कार्यक्रममा सयौंको संख्यामा उपस्थिति रहेको थियो । रगत अभावका कारण प्रवासमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले पहिलो पटक संयुक्त रूपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजकले मध्यान्ह दैनिकलाई जानकारी दियो ।

कार्यक्रमको समन्वय गर्ने संघ, कार्यक्रमको प्रचार प्रसार गर्ने पत्रकारसहित रक्तदाताहरूलाई आयोजकका तर्फबाट प्रशंसा तथा कदर पत्रद्वारा सम्मान गरिएको थियो । रक्तदान जस्तो पुण्यको कार्यमा उल्लेख्य उपस्थित जनाउने तथा दाताहरूलाई आयोजकले धन्यवाद तथा आभार प्रकट गरेको छ ।

कार्यक्रममा नेपाली दूतावास कतारका प्रथम सचिव कृष्णकुमार सुवेदीसहित कतारमा स्थापित विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर