२०८२ वैशाख १३ गते शनिवार / Apr 26 , 2025 , Saturday
२०८२ वैशाख १३ गते शनिवार
Ads

कांग्रेस नेता तीर्थराम डंगोलको निधन

मध्यान्ह
२०८२ वैशाख १३ गते ०९:०३
कांग्रेस नेता तीर्थराम डंगोलको निधन

काठमाडौँ : नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गएराति निधन भएको छ । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डंगोलको गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको उनको परिवार स्रोतले जनाएको छ । 

विसं २००४ सालमा काठमाडौँमा जन्मिएका ७७ वर्षीय उनी काँग्रेस काठमाडौँको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौँ महानगरपालिकाको पूर्वउपप्रमुख समेत थिए। नेपाली राजनीतिमा जुझारु नेताका परिचय बनाएका डंगोल विसं २०६२र६३ को जनआन्दोलनमा काठमाडौँमा कमाण्डरका रूपमा खटिएका थिए । 

उनका श्रीमती छिन् । उनको नाममा स्थापित ट्रष्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पुर्‍याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकू दोभानमा अन्त्येष्टि गरिने पूर्वमन्त्री भिमसेन दास प्रधानले जानकारी दिए । 

ADV

सम्बन्धित खबर