काठमाडौं : वामपन्थी नेता खम्बसिंह कुँवरको मंगलबार चितवनको भरतपुरमा निधन भएको छ । ९४ वर्षीय कुँवर मधुमेह, प्रोष्ट्रेट लगायतका समस्याबाट पीडित थिए । मंगलबार बिहान भरतपुर अस्पतालमा उनको निधन भएको हो ।
२०११ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका कुँवरले नेकपा अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुलाई पार्टी सदस्य बनाएका थिए । पार्टी कार्यालय कृष्णपुरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष दाहालले पार्टीको झन्डा ओढाएर कुँवरप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् ।
सो क्रममा अध्यक्ष दाहालले वामपन्थी आन्दोलनको अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गरे । कुँवरलाई काजीसाबका नामबाट कम्युनिष्ट आन्दोलनमा चिन्ने गरिएको छ । उनको आजै देवघाटमा अन्येष्टि गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies