२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

दाङमा भारी वर्षाको मापन,खतराको संकेत 

ADV
सपना बोहरा
२०८१ असार २२ गते ११:३१
दाङमा भारी वर्षाको मापन,खतराको संकेत 

दाङ : दाङमा भारी वर्षाको मापन गरिएको छ । दाङको लमही, लालमटिया, गंगादी, कोइलाबास, अम्बापुर, रातामाटा, बगासोतीलगायतका क्षेत्रमा भारी बर्षा मापन गरिएको हो । 

दाङमा बिहीवार रातीदेखि बर्षाको मापन बढ्दै गएपछि खतराको संकेत देखिएको छ ।  बर्षाको मापन १ सय मिलिमिटरभन्दा बढी हुँदा खतराको संकेत मानिन्छ ।  बर्षाको मापन सामान्य स्तरभन्दा माथि पुगेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

असार २२ गते बिहानसम्मको वर्षाक‍ो मापन बढ्दै गएपछि खतराको संकेत देखिएकोले सतर्क रहन प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले अनुरोध गरेका छन । अति जरुरी काम नभएसम्म यात्रा नगर्न उनको सुझाव छ । 

शनिबार बिहान ९ बजेसम्म  घोराहीमा २ सय १४ मिलिमिटर पानी मापन गरिएको छ । त्यसैगरी दाङको शुक्रबार १  सय ४५ मिलिमिटर, लमहीमा १ सय ८१ मिलिमिटर, लालमटियामा १ सय ४९ मिलिमिटर, गंगादी १ सय १६ मिलिमिटर, कोइलाबासमा ६५ मिलिमिटर, अम्बापुरमा १९ मिलिमिटर, रातामाटामा १० मिलिमिटर, बगासोतीमा ५१ मिलिमिटर बर्षा मापन गरिएको छ । 

अविरल बर्षाका कारण दाङका राप्ती र बबई नदिको बहाब बढ्दै गएको छ भने त्यस आसपासका बस्ती डुबानमा परेका छन । त्यस्तै सडक पनि अबरुद्ध भएका छन ।

ADVADV

सम्बन्धित खबर

Advertise