२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

डाइभर्सन बगाएपछि घोराही-तुलसीपुर सडकखण्ड अबरुद्ध 

draupadi film
सपना बोहरा
२०८१ असार २२ गते १२:५१
डाइभर्सन बगाएपछि घोराही-तुलसीपुर सडकखण्ड अबरुद्ध 

दाङ : सेवारखोलामा बनाएको डाइभर्सन बाढीले बगाएपछी घोराही-तुलसीपुर सडकखण्ड अबरुद्ध भएको छ । बाढीले आज बिहान घोराही उपमहानगरपालिका-१६ स्थित सेवारखोलाको उक्त डाइभर्सन बगाएपछि सडकखण्ड अबरुद्ध भएको हो ।

डाइभर्सन बगाएपछि जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरी बैकल्पिक सडक प्रयोग गर्न यात्रुहरुलाई अनुरोध गरेको छ । सेवारखोलामा हाल पुल निर्माणको काम अधुरो रहेको बताउदै दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले  बैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेका छन् । 

डाइभर्सन बगाउँदा आवतजावत ठप्प भएको छ । पानी परिरहेकाले डाइभर्सन तत्काल बनाउन सकिने अवस्था छैन । घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा चार लेनको पक्की पुल अधुरै छ ।  

ADV

सम्बन्धित खबर

Advertise