२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

लगातारको वर्षाका कारण अर्घाखाँचीका ग्रामीण सडकहरु अस्तव्यस्त

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार २२ गते १९:५९
लगातारको वर्षाका कारण अर्घाखाँचीका ग्रामीण सडकहरु अस्तव्यस्त

अर्घाखाँची : निरन्तरको वर्षातका कारण अर्घाखाँचीका ग्रामीण सडकहरु अस्तव्यस्त बनेका छन् । जिल्लाका झण्डै २ दर्जन ग्रामीण सडक निर्माणधिन अवस्थामा छन् । ति सडकहरु विगत ४ दिन देखिको अविरल बर्षातका कारण अस्तव्यस्त बनेका छन् । 

असार महिनाको अन्तिम हप्ताबाट शुरु भएको वर्षा अहिले पनि जारी छ । अविरल वर्षाका कारण निर्माण सम्पन्न भएका सडकहरुमा पनि क्षति पुगेको छ भने कतिपय असार २५ गतेभित्र काम सम्पन्न हुने सडक वर्षाका कारण पूरा हुन नसक्ने देखिएको छ । 

उता गाउँका साना तिना ग्रामीण, निर्माणधिन सडकहरुका कारण कतिपय बस्ती भने जोखिममा परेका छन् । अहिले अर्घाखाँची जिल्लामामा सडक पूर्वाधार कार्यालय, सडक डिभिजन कार्यालय शिवपुर संघीय कार्यान्वयन इकाइ भैरहवा सालझण्डि सन्धिखर्क ढोरपाटन सडक प्रदेश सहरी विकास कार्यालय भैरहवा र अर्घाखाँचीका ६ वटा स्थानीय सरकारहरुले सडक निर्माणको काम गरिरहेका छन् । 

जिल्लाका ६ वटा स्थानीय सरकारले  असार  मसान्तसम्म धेरै सडकको काम सम्पन्न गर्ने लक्ष्य लिएको भएपनि सरकारले समपुरक बजेट नपठाएको कारण सोचेको र अनुमान गरेको काम सम्पन्न गर्न सकेका छैन । 

स्थानीय सरकारले धेरै सडक कालोपत्रे गर्ने गरी काम अघि बढे पनि बजेटका कारण त्यो सबै काम सम्पन्न हुने असार मसान्तसम्म सम्पन्न हुने देखिँदैन  । 

सडक निर्माण पूरा भएका ग्राभेल गरेका तर कालोपत्रे गर्न बाँकी रहेका सडकहरुमा पनि सरकारले कालोपत्रेको टेण्डर गर्न नसक्दा अहिले अभिरल वर्षातका कारण सडक भत्किने, भाँसिने र पहिरो जाने काम हँुदा निर्माण व्यवसायीले क्षति व्यहोर्न परेको छ ।

अर्घाखाँचीका ग्रामीण ठाउँहरुमा ठूलो पानी परेपछि केही वस्ती नै जोखिममा समेत पर्छन् । 

जिल्लामा पूर्वाधार विकासतर्फ उल्लेखनीय काम भइरहेको बेलामा निरन्तर वर्षातले सडकहरु निर्माणमा कठिनाइ देखिनुको साथै पहिरोका कारण ठूलो क्षति पुगेको छ । 

संघीय संसदका पूर्व उपसभामुख पुष्पा भुसालले अर्घाखाँचीमा सडक विकासको रप्तारमा ब्रेक लागेको बताइन् । 

अबको दुई वर्षभित्र जिल्लाका सबै मुख्य सडक कालोपत्रे गर्ने योजना अब १ वर्षपछि धकेलिएको भुसालको भनाइ छ । सरकारले बजेट दिन नसक्दा सडकको काम हुन पाएन । त्यसपछिको वर्षातले सडकहरु अस्तव्यस्त बनाएको छ । सडक पूर्वाधार कार्यालयका प्रमुख   गोपिराज पुन भन्छन्, ‘सबै सडकको निर्माण कार्य अहिले वर्षातका कारण रोकिएको छ, यहि बेलामा वर्षातले सडकहरुमा ठूलो क्षति पुर्‍याएको छ ।’ उनले हिउँदको समय शुरु नभएसम्म सडकका कामहरु शुरु हुन नसक्ने बताए ।

केही किलोमिटर सडक कालोपत्रे गर्ने गरी काम भइरहेको आयोजनाका वर्षातका कारण  सबै खण्डका काम बन्द अवस्थामा छन् ।

सडक डिभिजन कार्यालयमार्फत भइरहेका साना आयोजनाहरुमा पनि वर्षातले काम प्रभावित गरेको छ । सडक डिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख गोपिराज पुनले सडक निर्माणमा अपेक्षाकृत उपलब्धी हासिल गर्न नसकिएको बताए । गत वर्ष विनियोजित बजेट फ्रिज जाने सम्भावना बढेको  उनको भनाइ छ । जिल्लाका झण्डै आधा दर्जन बढी सडकहरु उक्त कार्यालयमार्फत स्तरोउन्नतिको चरणमा थिए । वर्षातले ती कामहरु प्रभावित पारेको हो । कपिलवस्तु हुँदै गोरुसिंगेदेखि सन्धिखर्क जाने सडक डिभिजन कार्यालय शिवपुरको निरन्तर खटाइका कारण सडक सुचारु भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise