२०८२ वैशाख २४ गते बुधवार / May 07 , 2025 , Wednesday
२०८२ वैशाख २४ गते बुधवार
Ads

परिवर्तन गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

सुर्य प्रकाश बुढा मगर
२०८२ वैशाख २३ गते २१:२९
परिवर्तन गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

रोल्पा : रोल्पाको परिवर्तन गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाको बहुउद्देश्यीय सभाहल पुतलाचौरमा आयोजित एक समारोहमा रोल्पा जिल्लालाई आठौं पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

गाउँपालिका स्वास्थ्य शाखा अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम गरिएको हो । 

परिवर्तन  गाउँपालिकाका अध्यक्ष तथा पालिका खोप समन्वय समितिका संयोजक सुकबहादुर बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रमको जिल्ला समन्वय समिति रोल्पाका प्रमुख तथा जिल्ला खोप समन्वय समिति रोल्पाका संयोजक सीता आच(ार्यको प्रमुख आतिथ्यता रहेकोे थियो ।

पूर्वसहायक मन्त्री भिम कुमारी बुढा मगर,स्वास्थ्य कार्यालय रोल्पाका खोप शाखा प्रमुख माधव रावत र परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा परिवर्तन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक घर्तीमगरको विशिष्ट आतिथ्यता रहेको थियो । 

कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब निर्मल बुढा मगरले स्वागत मन्तव्य राख्नुका साथै कार्यपत्र र प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

बुढा मगरले पेश गरेको प्रतिवेदनमा गाउँपालिकामा १५ महिना मुनीका ३ सय ३९ जना बालबालिकाले नियमित खोप लिएका छन् । 

त्यस्तै १६ महिनादेखि २३ महिनाका घरधुरी सर्वेक्षण गरी पूर्णखोप लगाइएको संख्या २ सय ५७ जना रहेका छन् । २४ महिनादेखि ५९ महिनाका घरधुरी सर्वेक्षण गरी पूर्णखोप लगाइएको संख्या १ हजार १ सय २५ जना बालबालिका रहेका छन् । 

शून्य देखि ५९ महिनाका घरधुरी सर्वेक्षण गरिएको संख्या १ हजार ८ सय २१ जना रहेको बताइएको छ । खोप लगाउन छुट १६ देखि ५९ महिनाका बालबालिका संख्या शून्य रहेको छ भने शून्य डोज खोप पाएको संख्या पनि शून्य रहेको छ । 

जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यले परिवर्तन गाउँपालिकामा खोप लगाउन दबाब दिन नपर्ने बताउँदै यहाँका आम नागरिक सबैले खोपको महत्व बुझेकाले कोही पनि बालबालिका नछुटेको र खोपले शारीरिक,मानसिक रूपमा स्वस्थ राख्न भूमिका खेल्ने बताइन् । 

पूर्व सहायक मन्त्री भिमकुमारी बुढा मगरले व्यक्ति स्वस्थ भएमात्र समाज रुपान्तरण हुने भएकोले स्वस्थ हुन खोपको महत्वपूर्ण भूमिका हुने बताइन् ।

स्वास्थ्य कार्यालय रोल्पाका खोप शाखा प्रमुख माधव रावतले खोप लगाउनु राज्यको अभियान भएको बताउँदै राज्यले प्रत्येक वर्ष राष्ट्रिय खोप कार्यक्रम ल्याउने र कार्यक्रम सफल बनाउन सबैको दायित्व भएको बताए ।

परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा परिवर्तन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक घर्तीमगरले पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल हुनु सबैको समन्वय,सहकार्य र सहयोगले गर्दा भएको बताए ।

नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य भिम प्रकाश पुनले खोप स्वास्थ्यका लागि महत्त्वपूर्ण कार्यक्रम भएको बताए ।

नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका उपाध्यक्ष देव बहादुर बुढा मगरले पूर्वखोप सुनिश्चितता घोषणा हुनु सबैलाई राम्रो भएको बताए । यस्तै नेकपा एकीकृत समाजवादी परिवर्तन गाउँपालिका संयोजक मनप्रसाद घर्तीमगरले स्वास्थ्य आफैंमा राम्रो भएको बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर