२०८२ भदौ ३१ गते मङ्गलवार / Sep 16 , 2025 , Tuesday
२०८२ भदौ ३१ गते मङ्गलवार
Ads

पत्रकार यादवलाई धम्की आएको भन्दै मञ्चको ध्यानाकर्षण

shivam cement
मध्यान्ह
२०८२ वैशाख २३ गते २१:३१
पत्रकार यादवलाई धम्की आएको भन्दै मञ्चको ध्यानाकर्षण

सिरहा : सडक निर्माण कार्य योजना सम्बन्धी सूचना माग्दा सिरहामा एक पत्रकारमाथि असभ्य भाषा प्रयोग गर्दै धम्की आएको छ । 

एबि न्युज २४ के दैनिकका प्रकाशक तथा तथा प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य निरज यादव (मनु)माथि बजरङ बली कन्ट्रक्सनका संचालक राजेश्वर साहले धम्की दिएका हुन् । उक्त धम्कीविरुद्ध प्रेस मञ्च नेपाल सिरहाले ध्यानाकर्षण गराएको छ । 

गत वैशाख २२ गते सिरहाको भगवानपुर गाउँपालिका ४ लहान ठाडी सडक खण्ड अन्तर्गत ठाडीमा कालोपत्र भैरहेको सडकको रिपोर्टिङ गर्न पुगेका पत्रकार यादवले फोनमार्फत योजना सम्बन्धी सूचना माग्दा संचालक साहले धाक धम्की दिनु प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत मर्यादा माथी आक्रमण भएको मञ्चले जनाएको छ । 

मञ्च सिरहाका अध्यक्ष महेश सिंहले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘फोनमा पत्रकारलाई धाकधम्की दिने कन्स्ट्रक्सनका संचालकमाथि यथाशिघ्र कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसँग माग गर्दछौं ।’

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise