गणेश सिंह धामी/मध्यान्ह
दार्चुला : दार्चुलामा लागूऔषध चरेशसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नौगाड गाउँपालिका वडा नम्बर १ इयरकोटका २५ वर्षीय मदन सिंह ठेकरे रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरीका अनुसार ठेकरे बंगाबगडमा होटल व्यवसाय गर्दै आएका थिए । लागूऔषध चरेशको कारोबार हुने गरेको आशंकाका आधारमा उक्त होटलमा छापा हान्दा ठेकरेको साथबाट ५६ ग्राम चरेश बरामद गरिएको प्रहरी निरीक्षक भाष्कर चन्दले मध्यान्हलाई बताए ।
उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याइएको छ । उनीमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies