२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

भारतमा रहेको नेपालीहरुको समस्याबारे सांसद अर्यालले गराए सरकारको ध्यानाकर्षण

Nada
२०८२ वैशाख २४ गते १२:३०
Shares
भारतमा रहेको नेपालीहरुको समस्याबारे सांसद अर्यालले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले भारतस्थित नेपाली राजदूतावासले नेपालीहरूको दुःख र पीडामा बेवास्ता गरेको गुनासो भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

ncell

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले नेपालीहरू राजदुतावासमा कुनै सिफारिस लिन जाँदा चर्को शुल्क लिने गरेको गुनासो आएको बताए ।

उनले भारतमा सन्तान जन्माएका नेपालीहरूले नेपाल फर्किएपछि नेपाली नागरिक लिन खोज्दा सकस परेको समेत गुनासो आएको बताए । उनले भारतमा रहेका नेपाली उद्योगी तथा व्यवसायीहरूले नेपालमा लगानी गर्न खोज्दा सरकारले सहयोग नगरेको समेत जिकिर गरे । कार्यवाहक सभापति अर्यालले भारतमा रहेको नेपालीहरूको समस्या सम्बोधनमा सरकारले चासो देखाउनुपर्ने बताए ।

उनले भारतमा रहेका नेपालीहरूले नेपाल सरकारले तेस्रो दर्जाको व्यवहार गरेको गुनासो समेत आएको जिकिर गरे ।

ताजा खबर

सम्बन्धित खबर