२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

युवा संघ पर्वतको भेलामा झडप हुँदा केन्द्रीय सदस्य पौडेल घाइते

Nada
२०८२ वैशाख २४ गते १४:४२
Shares
युवा संघ पर्वतको भेलामा झडप हुँदा केन्द्रीय सदस्य पौडेल घाइते

काठमाडौंः राष्ट्रिय  युवा संघ पर्वतको भेलामा झडप हुँदा एमाले प्रदेश सदस्य तथा युवा संघका पूर्व केन्द्रीय सदस्य अर्जुन निर्जन पौडेल घाइते भएका छन् ।

ncell

अधिवेशन गर्ने, नगर्ने विषयमा दुई पक्षबीच भएको विवादले झडप हुँदा पौडेल घाइते भएका हुन् । पौडेलको टाउकोमा गम्भीर चोट लागेको जनाइएको छ । उनको पर्वत स्थित शान्तिदिप अस्पतालमा उपचार भइरहेको छ ।

आगामी जेठ ९ देखि ११ गतेसम्म पोखरामा हुने भनिएको राष्ट्रिय युवा संघको महाधिवेशनका लागि जिल्ला कमिटी तथा प्रतिनिधि छनोट गर्न केन्द्रकै निर्देशनमा आयोजक कमिटी गठन गर्ने भन्दै भेला डाकिएको थियो । तर गणेश तिमिल्सिना र पदम गिरी समूहबीच कुरा नमिल्दा झडप भएको हो । झडपमा पौडेलसहितका अन्य नेताहरु पनि घाइते भएका छन् । 

 

ताजा खबर

सम्बन्धित खबर