२०८२ असार ३१ गते मङ्गलवार / Jul 15 , 2025 , Tuesday
२०८२ असार ३१ गते मङ्गलवार
Ads

एनआरएनए साउदीअरबद्वारा विद्यालयलाई कम्प्युटर तथा प्रिन्टर सहयोग

shivam cement
मध्यान्ह
२०८२ वैशाख २५ गते ०७:२४
एनआरएनए साउदीअरबद्वारा विद्यालयलाई कम्प्युटर तथा प्रिन्टर सहयोग

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीअरबले आफ्नो "एक एनसीसी, एक परियोजना" अभियान अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको चौँरीदेउराली गाउँपालिका–२, नाग्रेमा रहेको टासी बाल विकास आधारभूत विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । संघका उपाध्यक्ष मनिष कोईरालाको संयोजकत्वमा रहेको परोपकारी समितिले विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यलाई सहज बनाउने उद्देश्यले यी सामग्रीहरू प्रदान गरेको हो ।

२०८१ साल वैशाख २४ गते संघका सचिव धुर्वराज कटुवाल र क्षेत्रीय समन्वय समिति, अलकासिमका युवा संयोजक समिर केसीले विद्यालयमै पुगेर विद्यालय प्रशासन र व्यवस्थापन समितिका पदाधिकारीहरूलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

दुर्गम क्षेत्रमा अवस्थित भए पनि परियोजना सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने परोपकारी समिति, सचिव धुर्वराज कटुवाल र युवा संयोजक समिर केसीलाई एनआरएनए साउदीअरबले धन्यवाद ज्ञापन गरेको छ । यस सहयोगले स्थानीय स्तरमा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise