२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

‘कोशी प्रदेशको पाँचौँ बालमैत्री नगर कनकाई’

Nada
२०८२ वैशाख २५ गते १०:३८
Shares
‘कोशी प्रदेशको पाँचौँ बालमैत्री नगर कनकाई’

झापा : झापाको कनकाई नगरपालिका कोशी प्रदेशको पाँचौँ बालमैत्री नगर बनेको छ ।

ncell

नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बालमैत्री नगरको मापदण्ड पूरा भएसँगै कनकाई झापाको तेस्रो र कोशी प्रदेशको पाँचौँ बालमैत्री नगरका रूपमा तयार भएको बताए। बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नगरले बालमैत्री नगरका लागि आवश्यक ९६ प्रतिशत मापदण्ड पूरा गरेकाले बिहीबार (आज) बालमैत्री नगर घोषणा गर्न लागिएको जानकारी दिए । 

औसतमा ८० प्रतिशत मापदण्ड पूरा हुनुपर्ने भए पनि ९६ प्रतिशत मापदण्ड पूरा गरिएको नगरप्रमुख पोखरेलले बताए । “राष्ट्रिय मापदण्डअनुसार ५१ वटा सूचक पूरा गर्नुपर्ने भए पनि नगरले दुई वटा सूचक थप गरी ५३ वटा सूचक पूरा गरेको छ । गत वर्ष असार ४ गते नै सम्बन्धित निकायबाट बालमैत्री नगर घोषणाको अनुमति पाइसकेका छौँ”, उनले भने । 

बालमैत्री नगर घोषणा अभियानका क्रममा नगरपालिकाले छ जना बाल श्रमिकलाई उद्धार गरेर एकदेखि छ महिनासम्म राखेर आफन्तको जिम्मा लगाएको छ भने नौ जना बालबालिकालाई स्थायी संरक्षण केन्द्रमा पठाइएको नगरका बाल कल्याण अधिकारी उमानाथ भण्डारीले बताए ।

बालमैत्री नगरपालिका घोषणाका लागि नगरले आवश्यक संरचना तयार गर्नाका साथै कार्यविधि, ऐन, कानुन निर्माण गरिसकेको छ । बालविवाह, लागुऔषध नियन्त्रण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा बालबालिकाका लागि कार्य योजना बनाएर काम गरिने प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताए। नगरको १२औँ स्थापना दिवसको अवसर पारेर आज बालमैत्री नगर घोषणा गरिने उनले जानकारी दिए। 

बाल सञ्जाल कनकाई नगर अध्यक्ष विजय तिवारीले बालबालिकाको क्षेत्रमा आफूहरूले नगरसँग समन्वय गरेर काम गरिरहेको र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने बताए। नगर कार्यपालिकाबाट बि.सं.२०७९ माघ १८ गते बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने निर्णय भएको थियो । त्यसको चार वर्षपछि बालमैत्री नगर घोषणाको तयारी पूरा भएको छ ।

ताजा खबर

सम्बन्धित खबर