२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

‘समाचार लेखेकै कारण ममाथि आक्रमण भयो’

Nada
२०८२ वैशाख २५ गते २१:०९
Shares
‘समाचार लेखेकै कारण ममाथि आक्रमण भयो’

जुम्ला : जुम्लाकी पत्रकार दिलमाया शाहीले आफुमाथिको समाचार लेखेकै कारण भौतिक आक्रमण भएको बताएकी छन् । 

ncell

शुक्रबार खलंगामा पत्रकार सम्मेलन गर्दै शाहीले समाजमा गल्ती कमजोरी औंल्याएर समाचार लेख्दा आक्रमण भएको बताइन् । 

उनले भनिन्, ‘पत्रकारितालाई एक पवित्र सामाजिक सेवाको रुपमा लिन्छु । पत्रकारितामा मैले समाचार लेख्दा पार्टी प्रतिबद्धता होइन, आम नागरिकको हितलाई प्राथमिकतामा राख्दै आएको छु ।’

त्यस्तै पत्रकार शाहीले जुम्लामा मौलाएको भ्रष्टाचारको अराजकता हदभन्दा बढी रहेको बताइन् । 

आफूमाथि भइरहेका आक्रमणबारे प्रेस विज्ञप्ति जारी गर्दै शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले आफूमाथि समाचार लेखेकै कारण निरन्तर आक्रमण गरिरहेको बताइन् ।

पत्रकार शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारले नामै तोकेर दिलमाया शाहीले पाँच लाख मागेको र त्यो नदिएपछि श्रृंखलाबद्ध प्रतिष्ठानविरुद्ध समाचारबाट आक्रमण गरेको भनेर दिएको अभिव्यक्ति झुटो कपोकल्पीत र आफ्नो गलत कार्य लुकाउन गरिएको प्रचारबाजी भएको बताइन् । शाहीले यस विषयमा  नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष नेत्र बहादुर शाहीले नै  खण्डन गरिसकेका जानकारी गराइन् । 

 आफूले  प्रतिष्ठानका डाक्टरले बालबालिकाको हितमा औषधी उपचार नगरेको, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा संस्थापकहरुलाई अपमान गरिएको, प्रतिष्ठानका कर्मचारी आन्दोलनको न्यायिक निरुपणका निम्ति समाचार प्रसारण गरेको, लोकसेवामार्फत् स्थायी कर्मचारीको प्रक्रिया सुरू गरिसकेपछि पदाधिकारीको पदावधि सकिँदै गर्दा सेटिङमा करारमा कर्मचारी भर्नाका लागि विज्ञापन गरिएको जस्ता समाचारहरु लेखेका कारण आफूमाथि आक्रमण भएको विज्ञप्तिमार्फत उल्लेख गरिन् । 

ताजा खबर

सम्बन्धित खबर