काठमाडौं : प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप दिन शुरु गरिएको छ ।
बुधबार बिहान १० बजेदेखि सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिएको हो ।
पहिलो दिन पुष्पकमल दाहाल 'प्रचण्ड', सभामुख अग्निप्रसाद सापकोटालगायत सांसदहरुले खोप लगाएका छन् ।
त्यसैगरी महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरु, सभामुख, अध्यक्ष तथा उपाध्यक्षहरुको नीजि सचिवालयमा कार्यरत कर्मचारीहरु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालकहरु र संसदीय मामिला पत्रकारहरुले खोप लगाउने कार्यक्रम रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies