काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ।
सरकारी वार्ता टोलीका सदस्य रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ट्विट मार्फत वार्तामा प्रगति भएको र दोस्रो चरणको वार्ता सम्पन्न भएको जानकारी दिएका छन्।
यसअघि आजै दुवै समूहबीच बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पहिलो चरणको वार्ता भएको थियो।
विप्लव नेकपासँग वार्ता गर्न सरकारले हिजो गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा दुई सदस्यीय वार्ताटोली गठन गरेको थियो।
हिजो नै विप्लव नेतृत्वको नेकपाले पनि वार्ता टोली सार्वजनिक गरेको थियो। नेकपाले प्रवत्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउनेलाई आफ्नो तर्फबाट वार्ताटोलीको सदस्य घोषणा गरेको थियो।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies