२०८२ वैशाख २७ गते शनिवार / May 10 , 2025 , Saturday
२०८२ वैशाख २७ गते शनिवार
Ads

‘सगरमाथा संवाद तोकिएकै समयमा हुन्छ’

मध्यान्ह
२०८२ वैशाख २६ गते १६:५६
‘सगरमाथा संवाद तोकिएकै समयमा हुन्छ’

काठमाडौं : सरकारले सगरमाथा संवाद तोकिएकै समयमा हुने बताएको छ । छिमेकी मुलुक भारत र पाकिस्तानबीचको युद्धका कारण सगरमाथा संवाद प्रभावित हुनसक्ने आँकलन भइरहेको समयमा वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं सगरमाथा संवादको सचिवस्तरीय कमिटीका सदस्य–सचिव महेश्वर ढकालले तोकिएकै समयमा कार्यक्रम सम्पन्न हुने दाबी गरे ।

उनले सगरमाथा संवादलाई भारत र पाकिस्तानको युद्धले कुनै प्रभाव नपार्ने बताए । सदस्यसचिव ढकालले सगरमाथा संवादका लागि सहभागीता सुनिश्चित गरेका कुनैपनि विदेशी प्रतिनिधिहरुले सुरक्षाबारे अहिलेसम्म चासो नदेखाएको पनि स्पष्ट पारे । साथै प्रतिनिधिहरुले आफ्नो भ्रमण स्थगित गर्ने कार्यक्रमबारे पनि जानकारी नगराएको बताए ।

संवाद सचिवालयको बैठक बसेको स्वीकार गरेपनि उनले छिमेकमा उत्पन्न विशेष परिस्थितिका कारण कार्यक्रम आयोजना गर्न सकिने वा नसकिने भन्नेबारे कुनैपनि छलफल नभएको स्पष्ट पारे । बैठकमा अहिलेसम्मको कार्यप्रगति समिक्षा गरिएको उनको भनाइ छ । 

विश्वव्यापी कोभिड–१९ महामारीका कारण रोकिएको सगरमाथा संवाद यही जेठ २ देखि ४ गते गर्न लागिएको हो । जलवायु परिवर्तनले पारेको विश्वव्यापी र क्षेत्रीय असरको बारेमा छलफल हुने बताइएको छ ।
 

ADV

सम्बन्धित खबर