२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सस्तो लोकप्रियताभन्दा शतप्रतिशत कार्यान्वयनमा जाने बजेट ल्याउनुपर्छ : विनोद चौधरी

Nada
२०८२ वैशाख २६ गते १७:२८
Shares
सस्तो लोकप्रियताभन्दा शतप्रतिशत कार्यान्वयनमा जाने बजेट ल्याउनुपर्छ : विनोद चौधरी

काठमाडौंः नेपाली कांग्रेस सांसद विनोद चौधरीले आगामी बजेटमा गर्न सकिने कामहरु मात्र समावेश गर्न सुझाव दिएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले विगतमा भएका कमजोरीहरुबाट पाठ सिकेर भोलिका दिनमा गर्न सकिने काममात्र समावेश गरिनुपर्नेमा जोड दिएका हुन् । 

ncell

उनले हरेक पटक बजेट आयो, पुरानै कार्यक्रमहरु राख्यो तर गर्न चाहीँ केही गर्न सकेन भन्ने खालका कार्यक्रमहरु ल्याउनेक्रम रोकिनुपर्नेमा जोड दिए । सांसद चौधरीले जति बोलेको हो त्यति गर्नेगरि बजेट ल्याउनुपर्छ भन्दै हल्का र सस्तो लोकप्रियताका लागि बजेट ल्याउनु भन्दा शतप्रतिशत कार्यान्वयनमा जानेगरी ल्याउनुपर्ने स्पष्ट पारे । नीति तथा कार्यक्रममा प्रस्तुत भएका सबैकुरा बजेटमा समावेश गर्नुभन्दा छानेर आफ्नो क्षमता अनुकुलको बजेट बनाउनुपर्नेमा उनको जोड थियो । उनले नीति तथा कार्यक्रममा समावेश भएका सबै कार्यक्रम समेट्नुपर्छ भन्दा पनि चुनिएका क्षेत्रमा ध्यान केन्द्रित गरेर बजेट ल्याउन सरकारलाई सुझाव दिए । 

उनले भने, ‘अहिले यो बजेटमा गर्न सक्ने कुराहरुमात्र समावेश गर्ने र खर्च गर्नसक्ने क्षमताअनुसारको बजेट बन्नुपर्छ । अहिलेसम्म विकासमा १९ प्रतिशतमात्र बजेट खर्च भएको छ । हाम्रो घट्दो राजश्व, हाइड्रोपावर बाहेक कुनैपनि क्षेत्रमा नयाँ लगानी भएको छैन । व्यापार संकुचित हुँदैछ । डिमान्ड संकुचित हुँदैछ । उत्पादनमुलक क्षेत्र जसले रोजगारी दिने गर्दछ त्यो पाँच प्रतिशतभन्दा तल झरिसकेको अवस्था छ । जबकी दक्षिण एसियाली मुलुक भारत, श्रीलंका, बंगलादेशमा २० प्रतिशतभन्दा माथि छ । नयाँ नयाँ प्रोजेक्टहरुमा खाली प्रोजेक्ट भन्नका लागि संसदमा बजेट पछि टेबल ठटाउनकै लागि घोषणा गर्नुको सट्टा घोषण भइसकेका प्रोजेक्टहरु पूरा गर्नपर्‍यो । किनकी नामका लागि बहुवर्षीय भएका आयोजनाहरुलाई जसलाई ५० करोड चाहिन्छ त्यसमा एक करोड दिनुको कुनै औचित्य छैन ।’

उनले साना साना कुरा बजेटमा समेट्नुको कुनै अर्थ नहुने भएकाले हुनसक्ने काममात्र बजेटमा समावेश गर्नुपर्नेमा जोड दिए ।  

ताजा खबर

सम्बन्धित खबर