सुशील सुबेदी/मध्यान्ह
सिन्धुपाल्चोक : योङस्टार क्लब दुवाचौरको आयोजनामा सिन्धुपाल्चोक जिल्लास्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । आइतबारसम्म संचालन हुने प्रतियोगिताको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले उद्घाटन गरेका छन् ।
मेलम्ची नगरपालिका ७ दुवाचौरमा आयोजित प्रतियोगितामा एघार टिमको सहभागीता रहेको जनाइएको छ ।
प्रतियोगिता अन्तर्गत विहीबार भएको खेलमा प्रतिभा युवा क्लब दुवाचौरले बालसुधार मा.वि. लाई २–० को सेटमा पराजित गरेको छ ।
यसैगरी आयोजक योङस्टार युवा क्लब दुवाचौरले इन्द्रावती गाउँपालिकालाई २–०, परिवर्तनशील युवा क्लबले दोर्जे लाक्पा युवा क्लबलाई २–०, दुवाचौर सामुदायिक युवा क्लबले नमूना युथक्लबलाई समान २–० को साझो सेटमा पराजित गरेको छ ।
बिहीबार नै सम्पन्न अन्य खेलहरुमा पाँचपोखरी थाङपाल गाउँपालिकाले बालसुधार मा.विलाई २–०, कालिकादेवी युवा क्लबले दुवाचौर सामुदायिक युवा क्लबलाई २–०, प्रतिभा युवा क्लब क्यौरानीले पाँचपोखरी थाङपाल गाउँपालिकालाई २–० र परिवर्तनशिल युवा क्लब दुवाचौरले हिमशिखर युवा क्लब हेलम्बुलाई समान २–० को सोझो सेटमा पराजित गरेको बालसुधार मा.वि. का क्षिक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको बिजेताले नगद ७५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र पाउनेछ भने दोश्रो हुनेले ५० हजार र तेश्रो हुनेले २५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies