एजेन्सी : जापानको राजधानी टोकियो क्षेत्रमा जारी संकटकालको अवधि फेरि थपिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले कोरोना महामारी नियन्त्रणका लागि संकटकालको अवधि थप गर्ने घोषणा गरेका हुन् ।
दोस्रोपटक थप गरिएको संकटकाल कनगवा, चिबा र सैताममा पनि लागू हुनेछ । संकटकालको अवधि आगामी मार्च २१ तारिखसम्म थप गरिएको हो ।
सरकारद्वारा गठित टास्क फोर्ससँगको परामर्शका आधारमा संकटकाल लम्ब्याउने निर्णय गरिएको सुगाको भनाइ छ । कोरोना महामारी नियन्त्रणमा आउन नसकेकाले संकटकाल थप गर्नुपर्ने सुझाव स्वास्थ्य विज्ञले दिदै आएका छन् ।
जापानमा हालसम्म कोरोनाका कारण साढे झण्डै चार लाख ३६ हजार मानिस संक्रमित भएका छन । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या आठ हजार भन्दा धेरै छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies