२०८२ वैशाख २७ गते शनिवार / May 10 , 2025 , Saturday
२०८२ वैशाख २७ गते शनिवार
Ads

अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनाव

मध्यान्ह
२०८२ वैशाख २७ गते १५:३८
अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनाव

सिरहा : सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । 

मिर्चैया नगरपालिका–११ सीतापुरकी २७ वर्षीया रामकाशी यादवको शनिबार मृत्यु भएको हो ।

उनलाई शुक्रबार बिहान व्यथा लागेपछि परिवारले बर्धमान अस्पताल लगेका थिए । अस्पतालमा शुक्रबार दिउँसो शल्यक्रिया गरेर बच्चा निकालेका थिए । यसअघि दुई छोरीकी आमा रहेकी उनले छोरालाई जन्म दिएकी थिइन् । जन्मिएको बच्चा सकुशल छ ।  

शल्यक्रियाको क्रममा अत्यधिक रक्तश्राव भएपछि उनको स्वास्थ्य अवस्था बिग्रँदै जाँदा परिवारले बाहिर लान खोजेका थिए । रिफर गरिदिन पटकपटक आग्रह गर्दा पनि अस्पतालले मानेन । तर ढिलो रिफर गर्दा गोलबजारबाट बिराटनगर लाने क्रममा उनको शनिबार बाटोमै मृत्यु भएको हो ।

बिराटनगरस्थित न्यूरो अस्पतालले उनलाई मृत घोषणा गरेको मृतकका पति सन्त यादवले बताए ।

अस्पतालमा कार्यरत डाक्टरहरूको लापरबाहीले सुत्केरीको ज्यान गएको भन्दै परिवारले अस्पताल अगाडि राजमार्गमा शव राखेर प्रदर्शन गरेका थिए । पीडित परिवारको प्रदर्शनपछि प्रहरीले अस्पतालका डाक्टरसहित ३ जनालाई सोधपुछ गरेको छ ।

ADV

सम्बन्धित खबर