२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मधेश प्रदेशमा १५ प्रतिशतमात्र रोपाइँ

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असार २४ गते १३:१८
मधेश प्रदेशमा १५ प्रतिशतमात्र रोपाइँ

रौतहट : असारको चौथो हप्ता चलिरहेको भए पनि मधेश प्रदेशमा खासै रोपाइँ हुन सकेको छैन । अहिले भने गत दुई दिन लगातार पानी परेपछि किसानहरु दिनभर रोपाइँमा व्यस्त भएका छन् ।

मधेश प्रदेशमा भदैया र मंसिरा गरी दुई किसिमको धानको रोपाइँ हुने गरेको छ । ढिलो गरी पानी परेपछि भदैया धान रोपाइँमा पनि ढिलाइ भएको छ । सामान्यतया असारको तेस्रो हप्तासम्म भदैया धान रोपिसक्नु पर्नेमा पानी ढिला परेपछि अहिले धमाधम रोपाइँ भइरहेको छ ।

मधेश प्रदेशको रौतहटमा करिब ६ प्रतिशत, सर्लाहीमा करिब ५ प्रतिशत, धनुषामा करिब २० प्रतिशत, महोतरीमा करिब २० प्रतिशत, सिरहामा करिब ११ प्रतिशत, सप्तरीमा करिब २५ प्रतिशत र बारामा करिब ७ प्रतिशत धान रोपाइँ भएको छ । समग्रमा मधेश प्रदेशमा अहिलेसम्म करिब १५ प्रतिशत रोपाइँ भएको विकास निर्देशनालायकी प्राविधिक सहायक प्रतिमा यादवले बताइन् ।

ढिलो गरी पानी पर्दा धानको बेर्ना तयार नभएका कारण अहिले पानी परे पनि रोपाइँमा ढिलाइ भएको हो । सिँचाइको सुविधा भएको ठाउँमा भने धान रोपाइँ धमाधम भइरहेको छ । यस वर्ष विगतका वर्षहरुमा भन्दा पानी बढी पर्ने सम्भावना रहेकाले किसानहरुलाई धान उत्पादन राम्रो हुने विश्वास रहेको छ । यसैगरी पानी पर्ने हो भने साउनको पहिलो हप्तासम्म रोपाइँ सिध्याउने किसानहरुको तयारी छ । 

गत केही दिनदेखि पानी परिरहेको भए पनि सर्लाही, रौतहट र बाराको खेतमा भने वर्षाको पानी जमेको छैन । केही गैरी खेत, कुलो लाग्ने तथा बाढी पसेको खेतमा मात्र रोपाइँ भएको र अधिकांश किसानले बोरिङ तथा पम्पसेटको सहायताले रोपाइँ गरिरहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise