२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

उदार देउवा, पहिलो दुई वर्ष ओली प्रधानमन्त्री

ADV
दिवाकर अधिकारी
२०८१ असार २५ गते ०६:५०
उदार देउवा, पहिलो दुई वर्ष ओली प्रधानमन्त्री

काठमाडौं : नेपाली कांग्रेस र नेकपा एमाले नयाँ बन्ने सरकारमा मन्त्रीहरुको भागवण्डामा केन्द्रित भएका छन् । नेताहरूका अनुसार प्रधानमन्त्रीमा आलोपालोको टुंगो लागिसकेको छ । सुरुमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । 

अर्थात, ४ मंसिर २०७९ को चुनाव लगत्तै प्रधानमन्त्री बन्न खोजेका देउवा २०८४ मा हुने चुनावी सरकारको नेतृत्व लिने कसरतमा छन् । एमाले र कांग्रेसका बीचमा भएको सहमति अनुसार अबको दुई वर्ष ओली र त्यसपछिको डेढवर्ष देउवा प्रधानमन्त्री बन्नेछन् । 

कांग्रेस वर्तमान संघीय संसदको सबैभन्दा ठूलो दल हो । संसदीय अभ्यासमा सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्ने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहेर खबरदारी गर्ने विश्वास गरिन्छ । ठूलो दलले सरकार चलाउन नसके दोस्रो ठूलो दलले सरकारको नेतृत्व गर्ने र पहिलो दल प्रमुख प्रतिपक्षमा रहेर खबरदारी गर्ने अभ्यास पनि संसदीय अभ्यास भएका मुलुकहरूमा पाउन सकिन्छ ।

यही अभ्यास अनुसार देउवा चुनाव लगत्तै प्रधानमन्त्री बन्न खोजेको थिए । जो स्वभाविक पनि थियो । तर, उनले तेस्रो ठ्रलो दल माओवादी केन्द्रलाई विश्वासमा लिन सकेनन् । त्यसपछि दोस्रो ठूलो दल एमालेले तस्रो ठूलो दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनायो । एमाले सहितका दलहरूको समर्थनमा प्रचण्ड १० पुस २०७९ मा प्रधानमन्त्री बने । 

२५ माघ २०७९ मा राष्ट्रपतिको चुनाव भएसँगै प्रचण्डले सत्ता समीकरण फेरे र कांग्रेससँग मिलेर सरकार अगाडि बढाए । २१ फागुन २०८० मा फेरि प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सत्ता समीकरण तोडे र एमालेसँग समीकरण बनाए ।

एमालेसँगको सत्ता समीकरण प्रचण्डको लामो समय जान सकेन । यही असार १७ गते मध्यराती कांग्रेस र एमालेका बीचमा सत्ता समीकरण गर्ने सहितको समझदारी भयो । 

माओवादीसँग समीकरणमा रहँदा कांग्रेस सभापति देउवाले आधा कार्यकाल सरकारको नेतृत्वमा आश राखेका थिए । गठबन्धनमा समसया आएपछि प्रचण्डलाई तीन वर्ष सरकारको नेतृत्व गर्न दिएर आफू दुई वर्ष मात्रै प्रधानमन्त्री हुन तयार भएका थिए । एमालेसँगको समझदारीमा आउँदा देउवा डेढ वर्ष मात्रै प्रधानमन्त्री बन्न पाउने गरी सहमति भएको छ । 

प्रधानमन्त्रीको विषयमा टुंगो लागेसँगै दुवै दल मन्धी चयनमा केन्द्रित भएका हुन् । 

एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला नयाँ सरकार गठनका लागि केही समय लाग्ने बताउँछन् । तर, मन्त्रीका विषय पूर्वतयारी चलिरहेको उनले जानकारी दिए ।

बर्तौला कांग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने भएपनि मन्त्रालय भागबन्डाको विषयमा छलफल चलिरहेको बताउँछन् ।

कांग्रेससँग प्रारम्भिक छलफल भएपनि राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरिएकाले कांग्रेससहितका अन्य राजनीतिक दलहरूसँग फेरि छलफल गरेर मात्रै मन्त्रालयको भागबन्डाबारे अन्तिम निर्णय लिने तयारी छ ।

तथापि, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएकाले त्यस दिन बेलुकासम्म मन्त्रालयको भागबन्डा टुंगो लगाइने उनले बताए ।

तर, दुवै दल भित्र मन्त्रीका विषयमा छलफल सुरु भइसकेको छ ।

कांग्रेसमा पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्नका लागि उपसभापति पुर्णबहादुर खड्का, कृष्ण सिटौला र प्रकाशमान सिंह आकांक्षी छन् । यद्यपी कसको नेतृत्वमा जाने भन्ने विषय पार्टी सभापतिले निर्णय गर्ने प्रमुख सचेतक लेखक बताउँछन् । 

कांग्रेस सभापति देउवाले मन्त्री छनोटका सम्बन्धमा पार्टीभित्र विपक्षी खेमाका नेता शेखर कोइरालाको मनस्थिति बुझ्न आइतबार प्रमुख सचेतक लेखकलाई भेट्न पठाएका थिए । कांग्रेसभित्रको शक्ति केन्द्र मानिने नेताहरूको मनिस्थति बुझेर उनीहरूनिकट सांसदलाई विश्वासमा लिएर मन्त्री बनाउने कांग्रेस सभापति देउवाको योजना छ ।

ADVADV

सम्बन्धित खबर

Advertise