२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

जुम्ला प्रहरीको सार्वजनिक सुनुवाइ : अपराध न्यूनीकरण गर्न थप सक्रियता बढाउन सुझाव

ADV
दिलमाया शाही
२०८१ असार २५ गते २०:०७
जुम्ला प्रहरीको सार्वजनिक सुनुवाइ : अपराध न्यूनीकरण गर्न थप सक्रियता बढाउन सुझाव

जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लाले नागरिक सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । शान्ति सुरक्षाको विषयमा सरोकारवालासँग राय सुझाव लिन र प्रहरीले दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले  उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभगीहरुबाट उठेको प्रश्नको जवाफ दिँदै जुम्ला प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले प्रहरीले स्थानीयलाई सुरक्षाको प्रत्याभूत गराउन  सबैसँग हातेमालो गर्दै आएको बताए । 

उनले कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्दै समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नुका साथै समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई  चिर्नका लागि  नागरिकको  भूमिका  महत्वपूर्ण हुने बताए । उनले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि  यहाँका  सरोकारवालाई पुलको रुपमा  सहयोग गरिदिन अनुरोध गरे । 

त्यस्तै जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख नरविर सुनारले प्रहरीले अपराध न्यूनीकरणका लागि थप सक्रियता बढाउनुपर्ने बताए ।

त्यस्तै गुठी चौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्ने बताए । 

उनले पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउने पुनित कार्यमा हातेमालो गर्ने प्रतिबद्धता जनाए । उनले भने,‘गुठीचौर गाउँपालिकाले मदिरा नियन्त्रण अभियान थालेको छ । सुरक्षित कर्णाली प्रदेश अभियानलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।’

त्यस्तै सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण प्रसाद धितालले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम  प्रहरीको भूमिका महत्वपूर्ण हुने बताए ।

उनले समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई  अन्त्य गर्नका लागि प्रहरी अझै थप  जिम्मेवारी हुने अनुरोध गरे ।

त्यस्तै  जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले सुशासन काम गर्नका लागि सेवाग्राही र सेवा प्रदायक बीचको दोहोरो सम्बन्ध स्थापित गर्न जरुरी रहेको बताए । उनले भने, ‘सेवाग्राही र सेवा प्रदायक बीचको असमझदारीलाई हटाइ सुशासन, पारदर्शीता, जवाफदेहिता र जिम्मेवारीको बोध गराइ सुशासनमा सहयोग पु¥याउन प्रहरी कार्यालयले नागरिक सुनुवाइ कार्यक्रम गरेको छ ।’

उनका अनुसार प्रहरीको एकल प्रयासले मात्रै अपराध न्यूनीकरण नहुने भन्दै नगारिकलाई सहयोग गर्नुपर्ने बताए । उनले राज्यको ऐन कानून नबुझेर पनि प्रश्न उठेको छ कि ? भनेर सबै सरकारी कार्यालयले नागरिक सुनुवाइ गर्नुपर्ने व्यवस्था रहेको बताए । 

त्यस्तै नागरिकलाई सहज ढंगबाट आफ्ना अवस्था, काम, कर्तव्य अधिकार तथा सेवाग्राही र प्रदायकबीच समझदारी कायम गर्दै ‘नागरिक–प्रहरी एक हौं’ भन्ने बुझाइलाई नागरिकको घरदैलोमा पु¥याउन नागरिक सुनुवाइ कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise