रबिन्द्र यादव/मध्यान्ह
नवलपरासी पश्चिम : नवलपरासी पश्चिमको रामग्राम नगरपालिकाले परासी बजारको अनुगमन गरेको छ । रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुँवरको संयोजकत्वमा पालिकामा गठित उपभोक्ता हकहित संरक्षण समितिको सिफारिसमा नगरपालिकाको अनुगमन समितिले बजारको दर्जन बढी किराना पसलहरुको अनुगमन गरेको हो ।
कोभिड–१९ को महामारीमा व्यापारीहरुले विभिन्न सरसामानको कालोबजारी गर्न सक्ने, बढी मुल्यमा सामान बेच्न तथा म्याद गुज्रिएको सरसामान बेच्न सक्ने सम्भावना बढी देखिएकोले अनुगमन समितिले शुक्रबार बजार अनुगमन गरेको हो । समितिले किराना पसलहरुमा मात्र छड्के अनुगमन गरेको हो भने शनिबार पनि अनुगमनलाई निरन्तता दिँदै फरक–फरक प्रकृतिका पसल तथा व्यवसायहरुको अनुगमन गरिने अनुगमन समितिका संयोजक रम्भा कँुवरले जानकारी दिइन् ।
अनुगमनमा पसल तथा व्यवसायको दर्ता र नवीकरण, बस्तुहरुको म्याद, मूल्यसूची, खरिद विक्रीको बिल बिजक र कर तिरे नतिरको विषयलाई केन्द्रित गरी अनुगमन गरिएको नगरपालिका उपप्रमुख तथा अनुगमन समिति संयोजक कुँवरले जानकारी दिइन् ।
अनुगमन समितिका संयोजक कुँवरले अखाद्य बस्तु बिक्री गरी उपभोक्ताहरुको स्वास्थ्यसँग खेलवाड नगर्न र महामारीको अवसर छोपी सरसामानाको कालोबजारी समेत नगर्न व्यवसायीहरुलाई आग्रह गरिन् ।
बजार अनुगमनमा नगर उपप्रमुख एवं अनुगमन समितिका संयोजक रम्भा कुँवर, रामग्राम नगरपालिका आर्थिक विकास शाखा प्रमुख निर्मला पोख्रेल, पशु शाखा प्रतिनिधि गोविन्द पौडेल, जिल्ला प्रशासन कार्यालय प्रतिनिधि अशोक श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक रामप्रसाद पाण्डे, घरेलु तथा साना उद्योग कार्यालय प्रतिनिधि मनोज कुमार चौधरी, उद्योग वाणिज्य संघका महासचिव गिरीराज पाण्डे, उपभोक्ता हकहित संरक्षण मंचका केन्द्रीय सदस्य रामजी ज्ञवाली, मंचका नगर अध्यक्ष यम कुमारी सुबेदी र जिल्ला प्रहरी तथा नगर प्रहरीको टोली रहेको आर्थिक विकास शाखा प्रमुख निर्मला पोख्रेलले जानकारी दिइन् ।
अनुगमनमा समितिले विभिन्न पसलहरुबाट म्याद गुज्रिएको बिस्कुट, मसला, फेन्टा, ब्रेड र जंकफुडका आइटमहरु बरामद गरी नष्ट गरेको छ । त्यस्तै अनुगमनमा दर्ता नभएको पसलहरुलाई दर्ता गराउन, नवीकरण नभएकालाई नवीकरण गराउन, मूल्य सूची तोक्न, अखाद्य बस्तु बिक्री वितरण नर्गन, बिलबिजक सुरिक्षत गर्न र सामाजिक दुरी समेत कायम गराई मालबस्तु बिक्री वितरण गर्न समितिले आग्रह समेत गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies