२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पूर्वाधारको क्षेत्रमा छलाङ मार्दै संघीय कार्यान्वयन इकाइ भैरहवा

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार २५ गते २०:४०
पूर्वाधारको क्षेत्रमा छलाङ मार्दै संघीय कार्यान्वयन इकाइ भैरहवा

अर्घाखाँची : संघीय कार्यान्वयन इकाइ रुपन्देहीका प्रमुख धर्मेन्द्र पन्थीले कर्मचारीहरुको मिहिनेतका कारण कार्यालयले  ५ जिल्लामा  सोचे भन्दा धेरै कामहरु गर्न सफल भएको बताएका छन् । 

कार्यालय प्रमुखको रुपमा हाजिर भएपछि पन्थीले गुल्मी, अर्घाखाँची, रुपन्देही, पाल्पा, कपिलवस्तुका सबै फिल्डमा पुगेर योजनाहरुको अनुगमन गर्दै गुणस्तरीय काम गर्न÷गराउन अनुरोध गरेका थिए ।

अहिले विभिन्न ठाउँमा भवनहरु, हस्पिटलहरु, सभाहल, सडकहरु जनताको चाहना र माग  अनुसार काम गरिरहेको पन्थीले बताए । 

प्रमुख पन्थीसहित कर्मचारीहरु बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म काम गरी असार  मसान्तसम्म भुक्तानी कुर्न नहुने भन्दै कामलाई द्रुत गतिमा अगाडि बढाएपछि सो कार्यालय अहिले नमुना कार्यालयको रुपमा विकसित हुँदै आएको छ ।

पन्थीले  गुणस्तरीय काम गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दै फिल्डमै पुगेर योजनाहरुको आफैं नापजाँच गर्ने र काम समयमा सम्पन्न गर्न निर्देशन दिएको कारण असार मसान्त अगाडि बहुवर्षीय बाहेकका सबै योजनाहरु सम्पन्न भएका छन् ।

रुपन्देही, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, पाल्पामा भएका संघीय कार्यान्वयन इकाइले गर्ने कामहरु गुणस्तरीय छन् । सितगंगा नगरपालिका वडा नम्बर ३/४ मा भइरहेको योजनाहरुको स्थलगत निरीक्षण गर्दै पन्थीले गुणस्तरमा सम्झौता नगर्न र तोकिएको समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका थिए ।

अर्घाखाँचीको सितगंगामा निर्माण भइरहेको बीचमा रोकिएको प्राथमिक स्वास्थ्य केन्द्र भवनको काम लामो समयदेखि निर्माण व्यवसायीले काम नगरी बीचमै अलपत्र भवनको काम समेत पन्थीले शुरु गराउँदै सितगंगामा रहेका केही सडकको काम समेत शुरु गराउँदै काम अगाडि बढाएका छन् । अब अस्पताल बाहेक सबै कामहरु अन्तिम चरणमा पुगेका छन् ।

‘तोकिएको म्यादभित्र गुणस्तरीय काम सम्पन्न गर्नुपर्छ, गुणस्तरमा कुनै सम्झौता हुँदैन निर्माण व्यवसायीलाई  केही अप्ठ्यारा समस्या हामीले राज्यको  प्रतिनिधिको हैसियतले सबै  सहयोग गर्न तयार छौं,’ कार्यालय प्रमुख पन्थीले  भने,‘इकाइ रुपन्देही मातहतमा हुने सबै काम गुणस्तरीय हुनुपर्छ, तपाइहरु काम राम्रो गर्नुस्, कर्मचारीका अगाडि पछाडि लाग्न पर्दैन ।’

उनले संघीय इकाइ मातहतका गुल्मी, अर्घाखाँची, रुपन्देहीका विभिन्न ठाउँहरुमा भवन निर्माण गर्ने, कालोपत्रे गर्ने, सडक ढलान, आरसीसी गर्ने, सघन सहरी योजनाहरु, संघीय सघन बस्ती निर्माण गर्ने जस्ता योजनाहरु रहेको र ती योजनाहरु गुणस्तरीय जनताले सरकार भएको अनुभूती गर्ने गरी काम गर्न कर्मचारी सरोकारवालालाई अनुरोध गरेका छन् । 

सहरी विकास मन्त्रालयमार्फत ५ जिल्लामा महत्वपूर्ण ठूला योजनाहरु अहिले संघीय इकाइ कार्यनयन अन्तर्गत पर्छन् भने केही योजनाहरु बीचमा अलपत्र परेका थिए । अहिले पन्थीले निर्माण व्यवसायीसँग घनिभूत छलफल गरेपछि अलपत्र योजनाहरुको काम शुरु भएको थियोे । अहिले असार २५ गतेसम्म कामको निकै प्रगति भएको छ । आफूले सोही अनुसार काम गरिरहेकाले छिटो काम  सम्पन्न हुनेमा विश्वास लिएको पन्थीको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise