२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रतिष्ठानका नवनियुक्त निमित्त निर्देशक डा.पन्थीलाई स्वागत

ADV
सपना बोहरा
२०८१ असार २५ गते २१:३१
प्रतिष्ठानका नवनियुक्त निमित्त निर्देशक डा.पन्थीलाई स्वागत

दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नवनियुक्त निमित्त निर्देशक डा.जनार्दन पन्थीलाई स्वागत गरेको छ । डा.पन्थीलाई प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्साल, परीक्षाका डिन प्राध्यापक डा. दिनेश लम्साल, निवर्तमान निमित्त निर्देशक डा.रमेश कँडेलले अस्पतालमा स्वागत गरेका हुन् । 

डा.पन्थीले मंगलबारदेखि नै पदभार ग्रहण गरेका छन् । प्रतिष्ठानमा आफ्नो जिम्मेवारी सम्हालेका डा.पन्थीले प्रतिष्ठानका योजनाहरु कार्यान्वयनमा सहयोग पुर्‍याउने बताए । 

लुम्बिनी प्रदेश मन्त्रालयमा रहँदा एमबीबीएसको कार्यक्रम लगायत अस्पतालका अन्य विकासको लागि पहल गर्दै आएकाले आफ्नो जिम्मेवारी अनुसारको दायित्व बहन गर्ने बताए । प्रतिष्ठानका प्रशासनका कर्मचारी र नर्स तथा डाक्टरलाई सेवा प्रवाह गर्ने क्रममा कमिकमजोरी नहुने गरी चुस्तदुरुस्त रुपमा काम गर्न अनुरोध गरेका थिए ।

मुस्कानसहितको सेवालाई आत्मसात गर्न उनको सुझाव थियो । प्रतिष्ठानले विगतको तुलनामा  स्वास्थ्य सेवामा तथा पूर्वाधार विकासमा धेरै सुधार भएको उनले बताए ।  प्रतिष्ठानमा स्वास्थ्य सेवासँगै शैक्षिक गतिविधिहरु पनि अघि बढ्दै गइरहेको अवस्था छ । डा.पन्थीले भने ‘प्रतिष्ठानको उपचार सेवालाई चुस्तदुरुस्त बनाउन सक्दो कोसिस रहने छ ।’ 

कार्यक्रममा नवनियुक्त परीक्षाका डिन प्राध्यापक डा. दिनेश लम्सालले प्रतिष्ठान सबैको साझा सम्पत्ति भएकाले सस्थागत संरचना बलियो बनाउनुपर्ने बताए । 

प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले अस्पतालको स्वास्थ सेवा सुधारसँगै  एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने गरी तयारी तीव्र पारिएको जानकारी गराए ।

उनका अनुसार प्रतिष्ठानमा २२ जना विशेषज्ञ चिकित्सक शिक्षक र ४ जना विशेषज्ञ नर्सिङ शिक्षकहरू थपिएर आइसकेका छन् । प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise